५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना र बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । स्पेनी फुटबल क्लब बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो लेगको खेलमा पोर्चुगिज क्लब बेन्फिकालाई ३–१ गोलले हराउँदै समग्रमा ४–१ को नतिजासहित बार्सिलोनाले अन्तिम आठमा स्थान बनाएको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन राफिन्हाले दुई तथा लामिने यामलले एक गोल गरे । बेन्फिकाका निकोलास ओतामेन्डीले एक गोल फर्काए ।

यस्तै, गएराति नै भएको अर्को खेलमा शहरी प्रतिद्वन्द्वी लेभरकुसेनमाथि २–० को जित निकाल्दै समग्रमा ५–० को नतिजासहित बायर्न म्युनिख पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लेभरकुसेनकै घरेलु मैदानमा बायर्नलाई जित दिलाउन ह्यारी केन र अल्फोन्सो डेभिसले एक–एक गोल गरे । यसअघि भएको पहिलो लेगको खेलमा बायर्न घरेलु मैदानमा ३–० गोलले विजयी भएको थियो । बायर्नले क्वाटरफाइनलमा इन्टर मिलानको सामना गर्नेछ ।

यो नतिजासँगै पराजित बेन्फिका र लेभरकुसेन प्रतियोगिताबाट बाहिरिएका छन् ।