११ चैत्र २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुललाई पाखा लगाउँदै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो लेगको खेलमा इंग्लिस क्लब लिभरपुललाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै पिएसजी क्वाटरफाइनलमा पुगेको हो ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेलको १२ औं मिनेटमा ओस्मान डेम्बेलेले गरेको गोलबाट पिएसजीले एग्रिगेटमा १–१ को बराबरी गरेको थियो ।

निर्धारित र अतिरिक्त समयसम्म खेल बराबरी भएपछि टाईब्रेकरमा धकेलिएको थियो । जसमा पिएसजी ४–१ ले विजयी बन्यो ।

हारसँगै लिभरपुलको च्याम्पियन्स लिगको यात्रा यहीँ सकिएको छ ।