काठमाडौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । उहाँको हिजो साँझ निधन भएको थियो । राष्ट्रकवि माधव घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ः५५ बजे निवासमै निधन भएको थियो । यसअघि आज विहान उहाँको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
आज विहान घिमिरेको निवास लैनचौरमा पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान ब्यक्त गर्नुभएको हो ।










