३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

जनप्रशासन क्याम्पसमा क्रान्तिकारी र नेविसङ्घबीच गठबन्धन, अनिकेत सभापतिका उम्मेदवार

जनप्रशासन क्याम्पसमा क्रान्तिकारी र नेविसङ्घबीच गठबन्धन, अनिकेत सभापतिका उम्मेदवार
अ+ अ-

काठमाडौँ। आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि जनप्रशासन क्याम्पस बल्खुमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अखिल क्रान्तिकारी र नयाँशक्ति विद्यार्थी युनियनबीच गठबन्धन भएको छ ।

जसअनुसार अखिल क्रान्तिकारीका अनिकेत तिवारी सभापतिको उम्मेदवार हुनुभएको छ । तिवारी क्याम्पसको वर्तमान स्ववियु कार्यसमितिका उपसभापति हुनुुहुन्छ । प्रत्यक्षतर्फ नेविसङ्घले सचिव र कोषाध्यक्ष पद पाएको छ । जसमा विनोद ऐर र संयोगमणि अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रत्यक्षतर्फ अखिल क्रान्तिकारीले सभापतिसहित चारवटा सदस्य पद पाएको छ भने नेविसङ्घले सचिव, कोषाध्यक्ष सहित ३ सदस्य पाएको छ । त्यसैगरी नयाँशक्ति विद्यार्थी युनियनले एक सदस्य पद पाएको छ ।

त्यसैगरी एमाले निकट अनेरास्ववियूबाट अग्रबहादुर शाहीले सभापतिको उम्मेदवारी दिनुभएको छ भने शङ्खर दुबे सचिवको उम्मेदवार बन्नुभएको छ । त्यस्तै समानुपातिकतर्फ नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेकपा (एस) निकट अनेरास्ववियू, स्वतन्त्र विद्यार्थी समूह र राष्ट्रिय एकता विद्यार्थी युनियनले उम्मेदवारी दर्ता गराएका छन् ।

जनप्रशासन क्याम्पसले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फ ३२ जना र प्रत्यक्षतर्फ २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।रासस