२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभाको बैठक अवरुद्ध



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका प्रदेशसभा सदस्य आ–आफ्नो आसनबाट उभिएर विरोध जनाउनु भएपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक अवरुद्ध हुन पुगेको हो ।

सभामुख भीमबहादुर भण्डारीको अनुमतिमा भनाइ राखेका प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का नरेशकुमार शाहीले सरकारले अनावश्यक खर्च बढाएको भन्दै विरोध जनाउनुभयो । शाहीले प्रदेश नीति तथा योजना आयोगमा तीन जना सदस्य नियुक्त गर्नुपर्ने ठाउँमा कानुन संशोधन गरेर पाँच जना नियुक्त गर्ने कार्य गरिएको भन्दै यस्तो कानुन सच्याउन माग गर्नुभयो ।

त्यसपछि पनि प्रतिपक्षी दलका सदस्य विरोध कायमै राखेपछि सभामुख भण्डारीले प्रतिपक्षी दलका सदस्यबाट सदन अवरुद्ध हुँदा कारबाही अघि बढ्न नसकेकाले आजको कार्यसूची हटाई अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी गराउनुभयो ।

आजको बैठकमा केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफल गर्ने कार्यसूची थियो । रासस