काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज राति अन्तिम १६ का दोस्रो लेगका खेलहरु हुँदैछन् । आज हुने खेलबाट समग्रमा जित निकाल्ने टोलिले क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।
आज विभिन्न चार खेलहरु हुँदैछन् । त्यसमध्ये फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इंग्लिस क्लब लिभरपुलबीचको खेल प्रतिक्षित रहेको छ । यसअघि भएको पहिलो लेगमा लिभरपुलले पिएसजीलाई १–० गोलले हराएको थियो ।
उक्त खेल पिएसजीको घरेलु मैदानमा भएको थियो । तसर्थ लिभरपुललाई आज घरेलु मैदानको फाइदा मिल्नेछ । त्यतिमात्र नभई लिभपुल एग्रिगेटमा १–० ले अगाडि छ । प्रिमियर लिगमा लयमा रहेको लिभरपुल अंकतालिकामा पनि शीर्षस्थानमा छ ।
यद्यपि, यसअघि भएको पहिलो लेगमा खेलमा दबाब भने पिएसजीले राखेको थियो । पिएसजी पनि फ्रेन्च लिग वानमा लयमा रहेको छ भने अंकतालिकाको शीर्षस्थानमा छ ।
आज राति हुने खेलहरुः
बार्सिलोना भर्सेस बेन्फिका– २३ः३० बजे
पिएसजी भर्सेस लिभरपुल– १ः४५ बजे
इन्टर मिलान भर्सेस फेयनुर्ड–१ः४५ बजे
लेभरुसेन भर्सेस बायर्न म्युनिख–१ः४५ बजे










