२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीपछि श्रेयस अय्यरको पीडा ‘मैले सम्मान पाइनँ’



अ+ अ-

एजेन्सी । च्याम्पियन्स ट्रफी–२०२५ जित्ने भारतीय टोलीका सदस्य श्रेयस अय्यरको पीडा बाहिर आएको छ ।

अय्यरले मिडल अर्डरमा उत्कृष्ट ब्याटिङ गरे र भारतको जितका नायक थिए । उनले टोलीको मध्यक्रममा आफ्नो स्थान पक्का गरेका छन् । तर, अय्यरलाई एउटा पश्चाताप छ ।

अय्यरले आफ्नो कप्तानीमा आईपीएल २०२४५ को उपाधि जित्दा पनि कोलकाता नाइट राइडर्सले आफूले पाएको सम्मान नपाएकोमा गुनासो व्यक्त गर्छन् ।

अय्यरको कप्तानीमा कोलकाताले तेस्रो उपाधि जितेको थियो । तर पनि फ्रेन्चाइजले कप्तानलाई कायम राखेको छैन । पञ्जाब किंग्सले अय्यरलाई मेगा अक्सनमा समावेश गरी कप्तान बनाएको थियो ।

उनी च्याम्पियन्स ट्रफीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा रहे । उनले २४३ रन बनाए ।

अङ्ग्रेजी अखबार टाइम्स अफ इन्डियासँग कुरा गर्दै उनले भने, ‘म धेरै खुसी छु । इमानदारीपूर्वक भन्नुपर्दा यो मेरो लागि यात्रा हो । एकदिवसीय विश्वकप–२०२३ पछि मलाई केन्द्रीय सम्झौताबाट हटाइयो । मैले आफ्नो फिटनेसमा कत्तिको ध्यान दिनुपर्छ, म कहाँ गल्ती छु, मैले के गर्नुपर्छ भनेर आफैंले परीक्षण गरेँ ।’

अय्यरले भने कि उनीसँग धेरै पटक यस्तो हुन्छ कि आफूले कडा परिश्रम गरेर राम्रो गरेपनि आफूले सम्मान नपाएको बताए । उनले भने, ‘जब म मान्यताको कुरा गर्छु, त्यो सम्मान पाउने कुरा हो । मैदानमा गरेको प्रयासको बदलामा मैले पाउनु पर्ने सम्मानको कुरा हो । धेरै पटक मेरो प्रयासलाई महत्व नदिइएको महसुस हुन्छ ।’