२६ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : शिक्षा क्षेत्रको पुनरुत्थानमा सवा २ अर्बभन्दा बढी लाग्ने एमाले संगठन पुनर्गठनसम्बन्धी कार्यदलमा दुई प्रतिवेदन, दुईदिन अध्ययन गरेर एउटै बनाईने बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीपछि श्रेयस अय्यरको पीडा ‘मैले सम्मान पाइनँ’



अ+ अ-

एजेन्सी । च्याम्पियन्स ट्रफी–२०२५ जित्ने भारतीय टोलीका सदस्य श्रेयस अय्यरको पीडा बाहिर आएको छ ।

अय्यरले मिडल अर्डरमा उत्कृष्ट ब्याटिङ गरे र भारतको जितका नायक थिए । उनले टोलीको मध्यक्रममा आफ्नो स्थान पक्का गरेका छन् । तर, अय्यरलाई एउटा पश्चाताप छ ।

अय्यरले आफ्नो कप्तानीमा आईपीएल २०२४५ को उपाधि जित्दा पनि कोलकाता नाइट राइडर्सले आफूले पाएको सम्मान नपाएकोमा गुनासो व्यक्त गर्छन् ।

अय्यरको कप्तानीमा कोलकाताले तेस्रो उपाधि जितेको थियो । तर पनि फ्रेन्चाइजले कप्तानलाई कायम राखेको छैन । पञ्जाब किंग्सले अय्यरलाई मेगा अक्सनमा समावेश गरी कप्तान बनाएको थियो ।

उनी च्याम्पियन्स ट्रफीमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा रहे । उनले २४३ रन बनाए ।

अङ्ग्रेजी अखबार टाइम्स अफ इन्डियासँग कुरा गर्दै उनले भने, ‘म धेरै खुसी छु । इमानदारीपूर्वक भन्नुपर्दा यो मेरो लागि यात्रा हो । एकदिवसीय विश्वकप–२०२३ पछि मलाई केन्द्रीय सम्झौताबाट हटाइयो । मैले आफ्नो फिटनेसमा कत्तिको ध्यान दिनुपर्छ, म कहाँ गल्ती छु, मैले के गर्नुपर्छ भनेर आफैंले परीक्षण गरेँ ।’

अय्यरले भने कि उनीसँग धेरै पटक यस्तो हुन्छ कि आफूले कडा परिश्रम गरेर राम्रो गरेपनि आफूले सम्मान नपाएको बताए । उनले भने, ‘जब म मान्यताको कुरा गर्छु, त्यो सम्मान पाउने कुरा हो । मैदानमा गरेको प्रयासको बदलामा मैले पाउनु पर्ने सम्मानको कुरा हो । धेरै पटक मेरो प्रयासलाई महत्व नदिइएको महसुस हुन्छ ।’