एजेन्सी । बाबु र छोरीको सम्बन्धमा निकै मनमोहक चलचित्र आउँदैछ, जसको नाम ‘बी ह्याप्पी’ हो ।
यस डान्स एण्ड इमोशन फिल्ममा अभिषेक बच्चन सिंगल बुबाको भूमिकामा देखिनेछन् । यो फिल्म मार्च १४ मा ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुनेछ । यस फिल्मलाई कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाले निर्देशन गरेका हुन् ।
फिल्मबारे कुरा गर्दै अभिषेकले भने– ‘यस फिल्ममा यस्ता धेरै दृश्य छन्, जसले तपाईलाई छुन्छ । त्यहाँ धेरै क्षणहरू छन् जसमा म असहज थिएँ । तर ती भावनात्मक दृश्यहरू थिए, जुन कथाको लागि महत्त्वपूर्ण थियो ।कहिलेकाहीँ एक कलाकारको हैसियतमा तपाईलाई लाग्छ कि यो धेरै गाह्रो काम हो । यस्तो अवस्थामा यस फिल्ममा धेरै भावुक दृश्यहरू छन्, जसलाई गर्दा मलाई अप्ठ्यारो र पीडा भयो ।’










