१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । आज ६ सय ८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय १६ महिला र ४ सय ६५ पुरुष गरी ६ सय ८१ जनामा संक्रमण देखिएको हो । 

काठमाडौंमा आज मात्रै काठमाडौंमा १ सय ३४ जना, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ जना पुगेका छन । आज पीसीआर विधिबाट ११ हजार ५ सय २२ परीक्षण भएका छन । 

देशभरी आइसियुमा १ सय ३१ र भेन्टिेलटरमा ६ जना जना संक्रमित उपचाररत रहेका छन । देशभरीका आइसोलेसनमा ११ हजार १ सय १८ जना रहेका छन । जसमा प्रदेश नम्बर १ मा १ हजार ६०, प्रदेश नम्बर २ मा २ हजार ३७, बागमती प्रदेशमा २ हजार ६ सय ८९ र गण्डकी प्रदेशमा २ सय ८८ जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ३८, कर्णाली प्रदेशमा २ सय ४५ र सुदूरपश्चिम प्रदेशमा ८ सय ३० गरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८७ जना रहेका छन । 

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ५, प्रदेश नम्बर २ मा २ हजार ५ सय ४५ बागमती प्रदेशमा १ सय ११ र गण्डकी प्रदेशमा २७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा २ सय ४, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा २८ गरी ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेका छन । 

आज १ सय २० जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार १ सय ४४, प्रदेश नम्बर २ मा ३ हजार ७ सय ९३, बागमती प्रदेशमा ७ सय २४ र गण्डकी प्रदेशमा १ हजार ५ सय ६८ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ९०, कर्णाली प्रदेशमा १ हजार ९ सय ६१ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय २० जना गरी १७ हजार ७ सय जना डिस्चार्ज भएका छन । 
आज देशभरीका क्वारेन्टिनमा १३ हजार ५ सय ७१ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार १ सय १६, प्रदेश नम्बर २ मा १ हजार ४ सय ८५, बागमती प्रदेशमा ९ सय ४९ र गण्डकी प्रदेशमा २ हजार ९ सय २ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ९ सय ३१, कर्णाली प्रदेशमा ६ सय २३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना क्वारेन्टिनमा रहेका छन् ।