काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा तोकेका दुर्गा भण्डारी पौडेललाई तत्काल काममा नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल ईजलासले हाल कार्यरत कार्यवाहक अध्यक्षलाई काममा बाधा नपुर्याउन समेत आदेश जारी गरेको छ ।
सरकारले प्रेस काउन्सिल विनियममा संशाेधन मार्फत कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष तोकेको थियो । भण्डारीलाइ सरकारले हालैमात्र काउन्सिलकाे सदस्यमा नियुक्त गरेकाे थियाे । सरकारले गरेकाे विनियम संशाेधनमा अध्यक्ष नभएकाे अवस्थामा सदस्यहरूमध्येबाट एक जनालाइ कार्यवाहक ताेक्न सक्ने व्यवस्था गरिएकाे थियाे ।
तर यसअघि प्रेस काउन्सिलकाे विनियममा काउन्सिलका सदस्यहरूकाे बैठकले आफूहरूमध्येबाट एक जनालाइ कार्यवाहक ताेक्ने व्यवस्था थियाे ।
अदालतमा भएकाे बहसमा किशाेर श्रेष्ठकाे पक्षबाट वरिष्ट अधिवक्ताहरू शम्भु थापा, शतीसकृष्ण खरेल, बाेर्णबहादुर कार्की, प्रेमबहादुर खड्का, चन्डेश्वर श्रेष्ठ, गाेविन्द बन्दी समेतले बहस गर्नु भएकाे थियाे ।
सरकारको निर्णय बिरुद्ध परेको रिटमा सर्वाेच्चले कारण देखाउ आदेश जारी गरेपछि भण्डारी अब सदस्यका रुपमा काउन्सिलमा रहनु हुनेछ ।
हेराैं सर्वोच्चको आदेश