५ असार २०८३, शुक्रबार
,
Latest
मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदका सभाध्यक्षहरूको पाँचौ विश्व सम्मेलन ‘भर्चुअल ‘



अ+ अ-

काठमाडौं: संसदका सभाध्यक्षहरुको पाँचौ विश्व सम्मेलन "भर्चुअल" माध्यमबाट सुरु भएको छ।

अन्तर व्यवस्थापिका संघ (आईपीयू) र अष्ट्रियाको संसद (पार्लियामेन्ट अफ अष्ट्रिया)को संयुक्त आयोजनामा भएको सम्मेलनमा नेपालको संसदबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा अन्य दुई सांसद सहभागी हुनुहुन्छ। सम्मेलनमा अध्यक्ष तिमिल्सिनासँगै प्रतिनिधि सभा सदस्य डा नारायण खड्का र राष्ट्रिय सभा सदस्य डा बिमला राई पौड्याल सहभागी हुनुहुन्छ।

प्रत्येक पाँच वर्षमा हुँदै आएको सम्मेलन यस वर्ष अष्ट्रियाको भियनामा यही अगष्टका लागि तय भएको थियो। तर, कोरोना संक्रमणका कारण यही भदौ ३ र ४ गते भर्चुअल माध्यमबाट सम्मेलन बुधबार सुरु भएको हो।

सम्मेलन सन् २०२१ मा पुन: अष्ट्रियामा नै आयोजना हुने आईपीयूको सचिवालयले जनाएको छ। सयभन्दा बढी देशका संसदका सभाअध्यक्ष नेतृत्वको टोली सहभागि रहेको सम्मेलनको मुख्य विषय "मानव र पृथ्वीको शान्ति तथा दिगो विकासको बहुपक्षीय प्रभावकारिताका लागि संसदीय नेतृत्व" रहेको छ।

सम्मेलनमा जलवायु परिवर्तन, सुशासन प्रबर्द्धन लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ। सम्मेलन भर्चुअल भएकाले सहभागि राष्ट्रहरुले विषयवस्तुमा केन्द्रित भई लिखित र भिडियो सन्देश व्यक्त गरेका छन्।

नेपालको संसदको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले लिखित र भिडियो सन्देशमार्फत  धारणा व्यक्त गर्नुभएको छ।

सो सन्देशमा उहाँले नेपाल अहिले नयाँ संविधान निर्माण गरि दिगो विकासको लक्ष्य प्राप्तिका लागि ुसमृद्ध  नेपाल, सुखी नेपालीु को नारासहित अगाडि बढिरहेको बताउनुभयो।

विश्वले कोरोनालाई छिट्टै पराजित गरि जनजीवन सहज बनाउन सफल हुने अपेक्षा व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि नियमित हुने बताउनुभयो।

"हाल विश्व समुदायले भोगिरहेको कोभिड-१९ को यो समय र यसपछिका लागि पनि जनप्रतिनिधिहरुको उच्चतम विधायिकी अंग संसदले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ," उहाँले भन्नुभयो, "आर्थिक स्थायीत्व, रोजगारी सृजना र स्वास्थ्य क्षेत्रमा सृजित समस्या समाधानका लागि नीति निर्माण तथा योजना तर्जुमा गर्नु संसद तथा सांसदहरूको कर्तव्य नै हो।"        

उहाँले नागरिकको विश्वास आर्जन गर्दै स्थानीय, राष्ट्रिय, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समन्वय एवं सहकार्यका लागि अन्तर व्यवस्थापिका संघ जस्ता बहुपक्षीय संस्था सँग एकिकृत प्रयास र एकताका लागि संसद क्रियाशिल हुनुपर्ने बताउनुभयो।

भर्चुअल सम्मेलनको उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेज, आईपीयू अध्यक्ष ग्राब्रिएला सेभस व्यारोन, आयोजक राष्ट्र अष्ट्रियन नेशनल काउन्सिलका अध्यक्ष वोल्फग्याङ सोबोट्का र आईपीयू महासचिव मार्टिन चुङगोङले बोल्नुभएको थियो।

बिहीबारसम्म चल्ने दुई दिने सम्मेलनको अन्तिममा साझा घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ।