१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले भने- कोरोना समुदायमा फैलिने खतरा छ, रोकथामको उपाय खोज्नु



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस समुदायमा फैलिन सक्ने खतरा बढेको बताएका छन् । 

बुधबार कोभिड- १९ संंकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा रहेका मन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

उनले अब संकट समुदायस्तरमै पुग्न सक्ने देखिएकोले यसको शीघ्र व्यवस्थापन जरुरी रहेको बताए । उनले व्यवस्थापनका लागि आफ्ना तर्फबाट योजना ल्याउन समेत मन्त्रीहरूलाई निर्देशन दिएको बताइएको छ । 

‘संकट धेरै नै गहिरिँदै गएकोले यो महामारी अब समुदायमा पनि पनि फैलिने सम्भावना देखिएको प्रधानमन्त्रीले बताएको एक मन्त्रीले जानकारी दिए ।

सो बैठकमा प्रधानमन्त्रीले भने- 'कोरोना भइरसको नियन्त्रणका लागि तपाईंहरूले पनि आफूले सोचेको योजना लिएर आउनुस्।’

बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले थप निर्णय गर्ने बताइएको छ । बिहीबार मन्त्रिपरिषदको बैठकको समय तय भएको त छैन तर कारोना रोकथामको रणनीतिबारे छलफल गर्नका लागि सो बैठक बस्ने बताइएको छ ।