५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.55

Wind: 1.54

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाबाट ‘नवीन समझदारी’ गर्न सबै राजनीतिक दललाई आह्वान



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘नवीन समझदारी’ गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले यस्तो आब्हान गरेको हो ।

राप्रपाले हिजो पूर्वराजा ज्ञानेन्द्रको स्वागत कार्यक्रम सफल भएका भन्दै आम नागरिकप्रति कृतज्ञता प्रकट गरेको छ । स्वागतमा विशाल उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको पार्टीको निस्कर्ष निकालेको छ ।

वैठकपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘आम नागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्वित जनभावना अनुरुप मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’ गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गर्दछ । यसका लागि आवश्यक संवादको थालनी गर्न समेत राप्रपा सबै राजनीतिक दललाई आग्रह गर्दछ ।’

बैठकले पार्टीले सञ्चालन गर्ने आन्दोलन लगायतका विविध विषयमा छलफल गर्न ०८१ चैत ३ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय गरेको छ।