५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सङ्घीयता कार्यान्वयनमा तीन तहका सरकारको महत्वपूर्ण भूमिका रहने’



अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता कार्यान्वयनमा तीन तहका सरकारको महत्वपूर्ण भूमिका आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगरमा मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना भएको सातौँ वर्ष पुगेको अवसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले केन्द्रमा भएको कतिपय क्षेत्रहरु प्रदेशलाई हस्तान्तरण भएमा सङ्घीयताको सबल कार्यान्वयनमा सहज हुने धारणा राख्नुभयो । आफ्नो स्रोत र साधनलाई अधिकतम उपयोग गरी प्रदेशको समृद्धि र जनताको जीवनस्तर उकास्न कार्य गरिरहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “अब हामी आफ्नै प्रयत्नमा उत्पादन र स्वरोजगारमूलक बजेट बनाएर काम गर्ने तयारीमा छौँ ।” छलफलमा भाग लिँदै वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई र डा सोमलाल सुवेदीले संविधानका धेरै विषय र अनुसूचीलाई परिवर्तन गरेर संविधान कार्यान्वयन गरी व्यवहारमा उतार्न आवश्यक भएको बताए । रासस