२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

सुर्खेतमा दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सञ्चालनमा

सुर्खेतमा दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सञ्चालनमा
अ अ+ अ-

काठमाडौं। कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारीलाई अझ तीव्रता दिने उद्देश्यले सर्खेतको वीरेन्द्रनगरमा दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय आइतबार उद्घाटन गरिएको छ ।

वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा सचिवालय स्थापना गरिएको छ । संघ, प्रदेश र स्थानिय तहको प्रतिनिधित्व हुने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद खेलकुद मन्त्री तेजुलाल चौधरी, कर्णाली प्रदेशका मुख्य मन्त्री यमलाल कँडेल र वीरेन्द्र नगरपालिकाकी मेयर मोहनमाया ढकालले सचिवालयको एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री चौधरीले दसौं राष्ट्रिय खेलकुद अब जेठमै निर्धारण गरिएको मितिमा हुने बताउदै सहभागी हुने सबै टिमलाई तयारी गर्न आग्रह गरे । उनले राष्ट्रिय खेलकुदका लागि खरिद प्रकृया सुरु भइसकेको जानकारी गराउदै केही दिनमा नै उपसमिति गठन गरिने बताए ।

उनले मौसमको प्रतिकुलतालाई मध्यनगर गरी खेल तालिका बनाइने बताउदै केही खेल राष्ट्रिय खेलकुद सुरु हुन एक साता बाँकी छँदै सञ्चालन गरिने बताए । उनले सचिवालय स्थापना हुनु राष्ट्रिय खेलकुद जेठ ३ गतेदेखि नै हुने सुनिश्चिता भएको बताउदै राष्ट्रिय खेलकुदलाई सफल बनाउन सबैको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशका लागि दसौं राष्ट्रिय खेलकुद अवसर भएको बताउदै सचिवालय उद्घाटनले राष्ट्रिय खेलकुद जेठ ३ मै हुने सन्देश र उत्तर दुवै भएको धारणा व्यक्त गरे । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले राष्ट्रिय खेलकुद तोकिएकै मितिमा सम्पन्न हुनु पर्नेमा जोड दिए । वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न स्थानिय तहको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

राखेपका उपाध्यक्ष ध्रुव आचार्यले राष्ट्रिय खेलकुद सफल बनाउन सम्बन्धित सबैलाई सहयोग गर्न अनुरोध गरे । कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपकी सदस्य नन्दा बस्याल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, खेलकर्मीलगायतको उपस्थिति रहेको थियो ।

यहि फागुन २० गते ललितपुरको सातदाबोटोमा बसेको मूल आयोजक समितिको पहिलो बैठकले सर्खेतमा सचिवालय स्थापना गर्ने निर्णय गरेको थियो ।