२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पर्यटन पूर्वाधार विकासमा सार्थक प्रयास भइरहेको छ’



अ+ अ-

सुनसरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन पूर्वाधार विकासमा सार्थक प्रयास भइरहेको बताउनुभएको छ ।

आज सुनसरीको इटहरी धरानरोडस्थित आँपगाछीमा सुरु भएको तीनदिने ‘इस्टर्न ट्राभल मार्ट’को उद्घाटन गर्दै उहाँले आर्थिक समृद्धिको पहिलो आधार पर्यटन क्षेत्र भएकाले यसमा सरकारले ध्यान दिइरहेको बताउनुभयो । मुलुकको आर्थिक समृद्धि र विकासलाई उच्च प्राथमिकतामा राखेर कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा सरकार अगाडि बढिरहेको पनि उहाँले बताउनुभयो ।

प्रदेशमा रहेको आकर्षक पर्यटकीय गन्तव्यमा पर्यटक आगमन बढाउन स्थानीय तहसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन बोर्डको आयोजना तथा कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाको आर्थिक सहयोगमा आजदेखि सुरु भएको मार्ट यही २७ गतेसम्म सञ्चालन हुनेछ ।

मार्टको उद्घाटन समारोहमा भारतको विहार, पश्चिम बङ्गाल, सिक्किम प्रान्त, भूटान र बङ्गलादेशलगायत मुलुकका विदेशी पर्यटकहरूको उपस्थिति रहेको छभने कार्यक्रम अवधिमा प्रदेशमा रहेका विभिन्न पर्यटकीयस्थलको भ्रमण गराइने मार्टका सचिव वासुदेव बरालले जानकारी दिनुभयो । रासस