१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती भोटेकोशीमा बाढीको जोखिम कायमै पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजालाई ओलीको कटाक्ष ‘देश के भएको छ र बचाउनलाई’?



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकले गरिरहेको अराजक गतिविधिले देश अप्ठ्यारोमा परेको बताएका छन्।

संविधान निर्माणका बेला त्यस्ता खेलहरू भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि त्यस्तै खेल हुन थालेको बताएका हुन्। ‘संविधान निर्माणबा बेला पनि अस्थिरता र फाटो ल्याउने खेलहरू भएका थिए, त्यसलाई हामीले पराजित गरेका थियौं,’ सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘फेरि त्यस्ता खेलहरू हुन थालेका छन्, ती कुरालाई सम्बोधन गर्नै पर्नेछ।’

उनले भने, ‘उहाँ संविधानको कुरा गर्नुहुन्न, कानुनको पनि गर्नुहुन्न, लोकतन्त्र, प्रणाली र प्रक्रियाको पनि कुरा गर्नुहुन्न । मलाई साथ दिनुहोस् म आउँछु, देश बचाउँछु भन्नुहुन्छ । देश के भएको छ र बचाउनुहुन्छ ?’