
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १० जनाको आवेदन परेको छ ।
आइतबार साँझसम्म नेप्सेको सीईओ पदका लागि १० जनाले आवेदन दिएका हुन् ।
जसअनुसार पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्यनकुरेल, नारद कुमार लुइँटेल, युवराज दाहाल, प्रवीण अधिकारी र चूडामणि चापागाईँ, बिमल कुमार तिवारी, कृष्ण बहादुर कार्की, हेमन्त बश्याल, मुकुन्द राज जोशीले सीईओका लागि आवेदन दिएका छन् ।
सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको थियो ।