१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेपलाञ्चोकको तीनघरेमा ढिस्कोमा परी महिला बेपत्ता



सांकेतिक तस्बिर
अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ३ तीनघरेमा घाँस काट्न गएका एक महिला ढिस्कोमा परी हराईरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार अन्दाजी ५५ वर्षीया मैंया बजगाइँ बिहीबार दिउँसो घाँस काट्न जाने क्रममा माथिबाट खसेको ढिस्कोमा परेर बेपत्ता भएको हो ।

उनको खोजी कार्यको लागि नेपाली सेना र प्रहरीको टोली खटिएको भए पनि अझै फेला पार्न सकिएको छैन । 

हराईरहेकी बजगाइँको खोजी कार्यका लागि स्थानीयबासीन्दा र सुरक्षाकर्मीको टोली खटिएको भएपनि अझैसम्म फेला नपरेको वडा नं. ३ का वडा अध्यक्ष कृष्णप्रसाद दाहालले बताए । कांक्रेबाट घाँस काट्न तीनघरे पुग्नु भएकी ती महिलालाई ढिस्कोले पुरेको हो ।