१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

‘सालको पातको टपरी हुनी’ गीत १० करोड क्लबमा

‘सालको पातको टपरी हुनी’ गीत १० करोड क्लबमा
अ अ+ अ-

गण्डकी । गायक कुलेन्द्र विश्वकर्माले त्यो बेला नै भन्नुभएको थियो, “गीतले यतिसम्म चर्चा पाउला भनेर पहिले सोचिएको थिएन ।” जतिबेला उहाँको लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी… युट्युब ट्रेन्डिङमा थियो । छोटो अवधिमा युट्युबमा धेरै हेरिएकोरसुनिएको पहिलो लोकदोहोरी गीत बनेको थियो । विसं २०७५ असोजमा युट्युबमा सार्वजनिक उक्त गीतले हालसम्म युट्युबमा १० करोड बढी ‘भ्युज’ बटुलेको छ ।

शुक्रबार गीतको ‘भ्यूज’ले दश करोड पार गरेपछि गायक विश्वकर्माले गीतको सफलताको खुसी दर्शक÷स्रोतालाई बाँड्नुभयो । नेपाली गीतसङ्गीतप्रतिको दर्शकको माया र साथकै कारण ‘सालको पातको टपरीले…’ले सफलता पाएको उहाँले बताउनुभयो । गायक विश्वकर्मा आफ्नो साङ्गीतिक जीवनको मानक गीतका रुपमा उक्त गीतलाई लिनुहुन्छ । गीतमा गायक विश्वकर्मा र गायिका विष्णु माझीको स्वर छ । नवराज पन्तको शब्द रचना रहेको उक्त गीतमा वसन्त थापाले सङ्गीत दिनुभएको छ ।

गीतकार पन्तले ‘सालको पातको टपरी…’ लाई अत्यधिक रुचाइनुले राम्रो सिर्जनालाई स्रोता÷दर्शकले पछिसम्म साथ दिँदा रहेछन् भन्ने प्रमाणित भएको बताउनुभयो । “मलाई गीतकारका रुपमा यही गीतले पहिचान दियो, राम्रो कामको प्रशंसा भइरहँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “नेपाली लोकदोहोरीलाई नयाँ मोड दिन सफल गीतका रुपमा प्रतिक्रिया पाउँदा आफ्नो सिर्जनाप्रति गौरवको महसुस हुँदोरहेछ ।”

हाल अमेरिकामा रहनुभएका गीतकार पन्तले उहीँ बसेर यो गीत रचना गर्नुभएको थियो । बाल्टीमोरस्थित एक कम्पनीमा काम गरिरहेका बेला गायक एवं सङ्गीतकार वसन्त थापाले गीत मागेपछि छिनभरमै पन्तले उक्त गीतको थेगो तयार पार्नुभएको थियो ।

“गुन्गुनाउँदै काम गर्दै थिएँ, एक्कासी गीतको थेगो फु¥यो, कागजको चिर्पेटोमा शब्द उतारेँ”, पन्तले भन्नुभयो, “कामबाट कोठामा फर्केपछि गीतलाई साफी गरेर सङ्गीत भर्न वसन्त दाइलाई पठाएँ, पहिले थेगो लेखेपछि बल्ल ‘सालको पातको टपरी..’को धुन तयार भएको थियो ।” पराइ भूमिमा बसेर लखेको त्यही गीतले पन्तलाई गीतकारका रुपमा थप उचाइ दियो ।

प्रायः गीतका रचनाकारबारे उतिसाह्रो चासो नलिइने र गीतकार आझेलेमा पर्ने प्रवृत्तिबीच ‘सालको पातको टपरी..’ सार्वजनिक हुँदा गीतकार पन्तका विषयमा सङ्गीत वृत्तमा पनि उत्तिकै चर्चा चलेको थियो । उक्त गीत सफल हुनुमा शब्द, सङ्गीत र स्वर तीनै पक्षको भूमिका रहेको भन्दै प्रशंसा भयो ।

“मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढावलाई मैले कथानक बनाएर गीतमा उतारेँ, वसन्त दाईले जीवन्त सङ्गीत दिनुभयो, कुलेन्द्र विश्वकर्मा र विष्णुमाझी जस्ता मुर्धन्य गायकगायिकाको स्वरले गीत सबैको मनप्रिय बन्यो”, गीतकार पन्तले भन्नुभयो । गीतकार पन्तका ‘डाँडै फुर्के सल्लो।।।’ र ‘मायालुको सहर।।।’मा लगायत गीत पनि चर्चित छन् । बागलुङको बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मनुभएका पन्तले अमेरिकामै बसेर ‘सालको पातको टपरी’, ‘कुन्नी कस्ले लग्यो’, ‘पानपाते ठूली’, ‘एक्लो सिमल’ ‘रानी महल’, ‘आँखी गाजल’लगायत कैयन गीत रचना गर्नुभएको छ ।

“कला र गीतसङ्गीतको सीमाना नहुने रहेछ, न त कुनै भूगोलले सिर्जनाकर्म रोक्न नै सक्दोरहेछ”, गीतकार पन्तले भन्नुभयो, “जिजीविषाले जहाँ पुगे पनि मेरो गीत लेखन र अरु सिर्जनाकर्मको जमिन भनेको त्यही गाउँघर र परिवेश हो जहाँ म जन्मे, हुर्के, बढेँ ।” गायक तथा सङ्गीतकार वसन्त थापाले मौलिकता, सिर्जनात्मकता, प्रस्तुतिमा नयाँपन र साधनाले नै सर्जकलाई सफलता दिलाउने बताउनुभयो । ‘सालको पातको टपरी।।।’ गीत पनि त्यसकै उदाहरण रहेको उहाँको भनाइ छ ।

“आफ्नो सिर्जनाकर्मबाट सन्तुष्ट छु, एउटा सर्जक पनि व्यावसायिक भएर बाँच्न सक्छ भन्ने उदाहरण स्थापित पनि भएको छ”, थापा भन्नुभयो । समाजमा सुसुप्त अवस्थामा रहेका मौलिक लोकभाकालाई टिपेर त्यसलाई नयाँपन दिनमा उहाँ पोख्त हुनुहुन्छ । लोकदोहोरीमा भरिने सङ्गीत अहिले व्यावसायिक बनेको र नयाँनयाँ प्रयोग पनि भइरहेको उहाँले बताउनुभयो । “पहिले सरसापटीमा लय दिने अथवा मैले यस्तो गीत रचेको छु भनेर गाउने प्रचलन थियो, अहिले त्यो छैन, गायक तथा निर्माताहरु स्वयं नै सङ्गीत चाहियो भनेर आउनुहुन्छ”, सङ्गीतकार थापाले भन्नुभयो ।

झ्याउरे लयमा ठेट शब्द र मनछुने स्वरका कारण ‘सालको पात…’लाई अत्यधिक स्रोता÷दर्शकले रुचाएको उहाँले बताउनुभयो । उक्त गीतको म्युजिक भिडियोमा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ । गीतको सङ्गीत संयोजन आशिष अविरलले गर्नुभएको छ । म्युजिक भिडियोको निर्देशन शिव विकले गर्नुभएको छ । गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कथा छ । अभ्यास डिजिटल म्युजिक प्रालिद्वारा निर्मित उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानलबाट विसं २०७५ असोज १ गते सार्वजनिक गरिएको थियो ।

गीतका बारेमा युट्युबमा झण्डै १६ हजार बढीले प्रतिक्रिया जनाएका छन् । दश करोड ‘भ्यूज’ नाघेपछि उक्त गीतको पुनःचर्चा भइरहेको छ । गीत हेर्ने, लाइक, कमेन्ट, शेयर र सस्सक्राइब गर्नेको सङ्ख्याका आधारमा युट्युबमा गीतको सफलता मापन हुन्छ । सोही आधारमा कलाकारले पैसा पाउँछन् । पैसा आउनका लागि तोकिएको सङ्ख्यामा हेरिनुपर्ने र सस्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ । सुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र मोनिटाइज भएपछि मात्र पैसा आउने सर्जक बताउँछन् । श्रव्य क्यासेट, सिडी, सिआरविटी हुँदै सङ्गीत व्यवसाय अहिले युट्युबमा केन्द्रित छ ।