२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाको प्रधानमन्त्री ट्रुडोका उत्तराधिकारीका रूपमा पूर्व गभर्नर कार्नीको चर्चा



अ+ अ-

एजेन्सी । क्यानडाको लिबरल पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको सामना गरिरहेका प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थानमा पूर्व गभर्नरलाई आफ्नो नयाँ नेताका रुपमा चयन गर्ने तयारी गरेको छ ।

बैङ्क अफ क्यानडा र बैङ्क अफ इङ्ल्यान्डका पूर्व गभर्नर मार्क कार्नीलाई आइतबार करिब चार लाख पार्टी सदस्यले अनुमोदन गरेको मतपरिणाम सार्वजनिक भएपछि लिबरल पार्टीको नयाँ नेताको रूपमा उहाँलाई नै चयन गरिने अपेक्षा गरिएको छ ।

अर्को मुख्य प्रतिद्वन्द्वी ट्रुडोकी पूर्व उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्ड रहनुभएको छ । उहाँ सन् २०१५ मा पहिलो पटक निर्वाचित भएको लिबरल सरकारमा क्याबिनेटका धेरै उच्च पदहरू सम्हाल्नुभएको छ ।

दुई सम्भावित उम्मेदवारमध्ये जसले जित्छ उसले ट्रुडोबाट प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नेछ तर नयाँ नेतृत्वले चाँडै नै आम चुनावको सामना गर्नुपर्नेछ । सर्वेक्षणहरूले हाल प्रतिद्वन्द्वी कन्जरभेटिभ पार्टीलाई जित्नका कम लोकप्रिय व्यक्तिका रूपमा देखाएका छन्।

कार्नीले ट्रुडोको क्याबिनेटका अधिकांश सदस्यहरूको समर्थन प्राप्त गरेका छन् र फ्रिल्याण्डको जीत आम चुनावतर्फ अघि बढिरहेका लिबरलहरूको लागि एक झट्का हुनेछ ।

डिसेम्बरमा नाटकीय रूपमा प्रधानमन्त्रीसँग सम्बन्ध विच्छेद भए तापनि विश्लेषकहरूका अनुसार मतदाताहरूले अझै पनि फ्रिल्यान्डलाई ट्रुडोको अलोकप्रिय रेकर्डसँग जोडेका छन् ।

कार्नी र फ्रिल्याण्ड दुवैले ट्रम्पको आक्रमणबाट क्यानडाको रक्षाका लागि आफू नै सबैभन्दा उत्तम उम्मेदवार भएको बताउँदै आएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडालाई गाभ्ने र क्यानाडाको अर्थतन्त्रको प्राणको रूपमा रहेको द्विपक्षीय व्यापारलाई अस्तव्यस्त बनाउने विषयमा बारम्बार बोल्नुभएको छ।




भर्खरै