१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

क्रिकेटको विकासका लागि सबै प्रदेशमा रङ्गशाला निर्माण आवश्यकः मन्त्री भण्डारी

क्रिकेटको विकासका लागि सबै प्रदेशमा रङ्गशाला निर्माण आवश्यकः मन्त्री भण्डारी
अ अ+ अ-

भैरहवा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले क्रिकेटको विकासका लागि सात वटै प्रदेशमा रङ्गशाला निर्माण आवश्यक भएको बताउनुभएको छ । आजदेखि यहाँ सुरु प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उहाँले पूर्वाधार तथा सुविधाको अभावमा पनि नेपाली क्रिकेट क्षेत्रले उल्लेख्य सफलता हासिल गरेको बताउनुभयो ।

“क्रिकेटको विकासमा सरकार प्रतिबद्ध छ, अभावकै बीचमा पनि नेपाली क्रिकेटले अन्तरराष्ट्रिय स्तरमा प्राप्त गरेको उपलब्धि उल्लेखनीय छ”, उहाँले भन्नुभयो । उहाँले क्रिकेटको विकासमा निजी क्षेत्रको पनि भूमिका रहने उल्लेख गर्दै यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । “नेपाल प्रिमियर लिग (एनपिएल) जस्ता प्रतियोगिताले यस क्षेत्रमा आशा जागेको छ, थप लगानीको वातावरण निर्माण भएको छ”, उहाँले भन्नुभयो ।

लुम्बिनी प्रदेश क्रिकेट सङ्घको व्यवस्थापनमा भइरहेको प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा कूल ४६ वटा खेल खेलाइने छ । यी सबै खेल रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङको लमहीमा रहेको देउखुरी अन्तरराष्ट्रिय रङ्गशालामा खेलाइने जनाइएको छ ।

प्रतियोगितामा सात वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोलीसहित १० वटा टोलीहरुले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको पहिलो दिन सिद्धार्थ क्रिकेट रङ्शालामा लुम्बिनी र कोशी प्रदेश, एक्स्ट्राटेक ओभलमा विभागीय टोली सशस्त्र प्रहरी र बागमती प्रदेश तथा लमहीको देउखुरी रङ्गशालामा सुदूरपश्चिम र कर्णाली प्रदेशबीच खेल भइरहेका छन् ।