११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.59

Wind: 1.54

Humidity: 59

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँ



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन प्रतितोला एक सय रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आईतबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाले घटेर १ हजार ९८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।