काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०८ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौं १८२, ललितपुरमा २५ र भक्तपुरमा १ संक्रमित थपिएका हुन्। गौतमका अनुसार काठमाडौं जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।
यसअघि बिहीबार उपत्यकामा २ सय संक्रमित थपिएका थिए।