४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेचीनगर गोल्डकपः काँकरभिट्टाको ट्रेनिङ सेन्टर सेमिफाइनलमा



अ+ अ-

झापा। मेचीनगर गोल्डकप काँकरभिट्टा खेल मैदानमा आजदेखि सुरु भएको छ । उद्घाटन खेलमा पाहुना टोली कालिम्पोङलाई हराउँदै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाँचाैँ संस्करको प्रतियोगिताको पहिलो खेलमा जर्जियन फुटबल क्लब कालिम्पोङलाई आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले ४–२ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो ।

कालिम्पोङले खेलको २८औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । पहिलो हाफको ४४औँ मिनेटमा आयोजकका निशान लिम्बूले ‘पेनाल्टी’मार्फत गोल गर्दै बराबरी गरे ।

खेलको दोस्रो हाफको छैटौँ मिनेटमा आयोजकका लागि विदेशी खेलाडी इब्राहिमले ‘हेड’मार्फत दोस्रो गोल गर्दै आयोजकलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफको १६औँ मिनेटमा लिम्बूले दोस्रो गोल गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए ।

खेलको १९औँ मिनेटमा आयोजका रोबर्टले टोलीका लागि चौथो गोल गर्दा ४–१ को अग्रता भएको थियो । दोस्रो हाफको अतिरिक्त समयमा कालिम्पोङका सत्यम शर्माले टोलीका लागि दोस्रो गोल गर्दै गोलअन्तर ४–२ ले घटाए ।

आज भएको उद्घाटन खेलको ‘म्यान अफ दी म्याच’ दुई गोल गरेका आयोजकका निशान लिम्बू घोषित भएसँगै नगद रु ११ हजार प्राप्त गरेका छन् । प्रतियोगिताको दोस्रो खेलअन्तर्गत आइतबार चर्च ब्वाइज काठमाडौँ र झापा एफसीबीच हुने आयोजका महासचिव लाक्पा तामाङले बताए ।

प्रतियोगिताको विजेताले रु १० लाख, उपविजेताले रु पाँच लाख तथा ट्रफी प्राप्त गर्नेछन् । गोल्डकपको उत्कृष्ट खेलाडीले रु ५१ हजार, सर्वाधिक गोलकतर्ताले रु २५ हजार, उत्कृष्ट गोलरक्षक र कोचले रु २१ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।  उनका अनुसार त्यस्तै उदीयमान खेलाडीले नगद रु १५ हजार, प्रत्येक खेलको उत्कृष्ट खेलाडीले रु ११ हजार पाउने छन् ।

गोल्डकपको संरक्षकमा मेचीनगर नगरपालिका रहेको छभने प्राविधिक सहयोग झापा जिल्ला फुटबल सङ्घ र मेचीनगर खेलकुद विकास समिति रहेको छ ।रासस