८ पुष २०८२, मंगलवार
,
Latest
अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेचीनगर गोल्डकपः काँकरभिट्टाको ट्रेनिङ सेन्टर सेमिफाइनलमा



अ+ अ-

झापा। मेचीनगर गोल्डकप काँकरभिट्टा खेल मैदानमा आजदेखि सुरु भएको छ । उद्घाटन खेलमा पाहुना टोली कालिम्पोङलाई हराउँदै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाँचाैँ संस्करको प्रतियोगिताको पहिलो खेलमा जर्जियन फुटबल क्लब कालिम्पोङलाई आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले ४–२ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो ।

कालिम्पोङले खेलको २८औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । पहिलो हाफको ४४औँ मिनेटमा आयोजकका निशान लिम्बूले ‘पेनाल्टी’मार्फत गोल गर्दै बराबरी गरे ।

खेलको दोस्रो हाफको छैटौँ मिनेटमा आयोजकका लागि विदेशी खेलाडी इब्राहिमले ‘हेड’मार्फत दोस्रो गोल गर्दै आयोजकलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफको १६औँ मिनेटमा लिम्बूले दोस्रो गोल गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए ।

खेलको १९औँ मिनेटमा आयोजका रोबर्टले टोलीका लागि चौथो गोल गर्दा ४–१ को अग्रता भएको थियो । दोस्रो हाफको अतिरिक्त समयमा कालिम्पोङका सत्यम शर्माले टोलीका लागि दोस्रो गोल गर्दै गोलअन्तर ४–२ ले घटाए ।

आज भएको उद्घाटन खेलको ‘म्यान अफ दी म्याच’ दुई गोल गरेका आयोजकका निशान लिम्बू घोषित भएसँगै नगद रु ११ हजार प्राप्त गरेका छन् । प्रतियोगिताको दोस्रो खेलअन्तर्गत आइतबार चर्च ब्वाइज काठमाडौँ र झापा एफसीबीच हुने आयोजका महासचिव लाक्पा तामाङले बताए ।

प्रतियोगिताको विजेताले रु १० लाख, उपविजेताले रु पाँच लाख तथा ट्रफी प्राप्त गर्नेछन् । गोल्डकपको उत्कृष्ट खेलाडीले रु ५१ हजार, सर्वाधिक गोलकतर्ताले रु २५ हजार, उत्कृष्ट गोलरक्षक र कोचले रु २१ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।  उनका अनुसार त्यस्तै उदीयमान खेलाडीले नगद रु १५ हजार, प्रत्येक खेलको उत्कृष्ट खेलाडीले रु ११ हजार पाउने छन् ।

गोल्डकपको संरक्षकमा मेचीनगर नगरपालिका रहेको छभने प्राविधिक सहयोग झापा जिल्ला फुटबल सङ्घ र मेचीनगर खेलकुद विकास समिति रहेको छ ।रासस