९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रभावकारी कानुनले मात्रै विकासलाई सघाउँछ’



अ+ अ-

गलकोट। गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रभावकारी कानुनले विकासलाई सघाउने भएकाले कानुन निर्माण प्रक्रियामा मिडिया क्षेत्रबाट पर्याप्त सुझाव आउन आवश्यक रहेको बताउनुभयो ।

बागलुङमा आज आयोजित कार्यक्रममा उहाँले गण्डकी प्रदेशसभामा हाल मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने विषयमा छलफल भइरहेकाले यसमा पनि मिडियाबाट सकारात्मक सुझावको अपेक्षा रहेको बताउनुभयो ।

“पत्रकार जगत्बाट कानुन निर्माणमा पर्याप्त सुझाव आउन सकेको छैन । भाषाका विषयमा मात्रै होइन, स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने विधेयक बनाइने सोच छ, यसमा पनि पर्याप्त सुझाव र छलफल आवश्यक छ । त्यसो गर्न सकेमा मात्रै कानुनमा अपनत्व र त्यसले विकासलाई सघाउ पुग्छ”, सभामुख धितालले भन्नुभयो ।

उहाँले सांसदले योजनामा मात्रै नभई कानुन निर्माणमा समेत ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कानुनी सहजताले मात्रै विकास निर्माणलाई सहज बनाउने भएकाले यसमा ध्यान दिन आवश्यक रहेको सभामुख धितालको भनाइ थियो । रासस