२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रभावकारी कानुनले मात्रै विकासलाई सघाउँछ’



अ+ अ-

गलकोट। गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रभावकारी कानुनले विकासलाई सघाउने भएकाले कानुन निर्माण प्रक्रियामा मिडिया क्षेत्रबाट पर्याप्त सुझाव आउन आवश्यक रहेको बताउनुभयो ।

बागलुङमा आज आयोजित कार्यक्रममा उहाँले गण्डकी प्रदेशसभामा हाल मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने विषयमा छलफल भइरहेकाले यसमा पनि मिडियाबाट सकारात्मक सुझावको अपेक्षा रहेको बताउनुभयो ।

“पत्रकार जगत्बाट कानुन निर्माणमा पर्याप्त सुझाव आउन सकेको छैन । भाषाका विषयमा मात्रै होइन, स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने विधेयक बनाइने सोच छ, यसमा पनि पर्याप्त सुझाव र छलफल आवश्यक छ । त्यसो गर्न सकेमा मात्रै कानुनमा अपनत्व र त्यसले विकासलाई सघाउ पुग्छ”, सभामुख धितालले भन्नुभयो ।

उहाँले सांसदले योजनामा मात्रै नभई कानुन निर्माणमा समेत ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कानुनी सहजताले मात्रै विकास निर्माणलाई सहज बनाउने भएकाले यसमा ध्यान दिन आवश्यक रहेको सभामुख धितालको भनाइ थियो । रासस