८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

मुस्ताङका महिलाले मनाए एक सय पन्ध्रौँ अन्तरराष्ट्रिय महिला दिवस

मुस्ताङका महिलाले मनाए एक सय पन्ध्रौँ अन्तरराष्ट्रिय महिला दिवस
अ+ अ-

मुस्ताङ। हिमालपारि मुस्ताङका महिलाले ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाएका छन् ।

घरपझोङ गाउँपालिका–३ स्याउङको आयोजना तथा घरपझोङ गाउँपालिका, सामाजिक विकास कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), पाइला नेपाल, विभिन्न आमा समूह, सुरक्षा निकायलगायतको समन्वयमा आज यहाँ ११५औँ अन्तरराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

‘सबै महिला तथा बालबालिकाका लागिः अधिकार, समानत र सशक्तिकरण’ भन्ने उद्घोषसहित घरपझोङ गाउँपालिकाअन्तर्गत पाँचवटै वडाका महिलाहरूको सामूहिक उपस्थितिमा दिवस मनाइएको हो । थकाली र गुरुङ तथा अन्य मौलिक वेशभूषामा सजिएर महिलाहरू यो दिवस मनाउन उपस्थित भएका थिए ।

महिलामाथि हुने सबै प्रकारका विभेद, अन्याय र उत्पीडनका विरुद्धमा सशक्त आवाज बुलन्द गरी जिल्लाको ऐतिहासिक गाउँ स्याउङमा महिलाद्वारा र्‍याली निकालिएको थियो । महिलामाथि हुने हिंसा र विभेदका विरुद्ध लेखिएका ‘प्लेकार्ड’ र ‘ब्यानर’सहित महिलाहरूले र्‍यालीमा अधिकार प्राप्ति र लैङ्गिक समानताका लागि आवाज उठाएका छन् ।

जनकल्याण स्कुलको प्राङ्गणबाट स्याउङ गाउँको समाजघरसम्म भएको ¥यालीमा सहभागीले महिलामाथि हुने विभेदविरुद्ध आवाज उठाएका घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना रानामगरले बताउनुभयो ।

मुस्ताङमा यो समय कृषि र पर्यटनका लागि पाहुनाको आगमन बढेकाले सोका लागि भ्याइनभ्याइ छ । स्याउको बगैँचा व्यवस्थापनका साथै बर्खे अन्नबाली लगाउन हतार छ । हिउँदयामको जाडो सकिएर गर्मीयाम सुरु हुने यो बेलामा यहाँ दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ । यद्यपि यहाँका महिलाहरूले बर्सेनि मार्च ८ अर्थात् आज मनाइने अन्तरराष्ट्रिय महिला दिवसलाई महत्त्वकासाथ मनाउँदै आइरहेका उहाँको भनाइ छ ।

यहाँ आयोजित अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा दुई जना ज्येष्ठ महिलालाई सम्मान गरिएको छ । घरपझोङ–३ की ८६ वर्षीया नर्साङमो थकाली रघरपझोङ–१ चिमाङकी ९० वर्षीया कान्छी थकालीलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल र गाउँपालिकाका उपाध्यक्ष रानामगरले नगदसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभयो ।

प्रजिअ भुसालले मुस्ताङजस्तो भौगोलिक विकटता भएको जिल्लामा महिलाहरूको उत्साहजनक सहभागिताले महिला अधिकारी प्राप्तिका लागि सक्रिय रहेका जनाएको बताउनुभयो । उहाँले महिला भएकै कारण वा पुरुष भएकै कारण कोही पनि लिङ्गका आधारमा भेदभाव हुन नहुने धारणा राख्नुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष रानामगरले महिलामाथि हुने सबै प्रकार विभेद र उत्पीडनको जरैदेखि अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । अझै पनि हाम्रो समाजमा महिलामाथि विभेद र दमन हुने गरेका बताउँदै उहाँले महिला सशक्तिकरणका लागि शिक्षा र आर्थिक समृद्धिको पाटो मुख्य भएको धारणा राख्नुभयो ।

स्याउ महिला समूहकी अध्यक्ष शान्ता थकालीले मुस्ताङका महिलाहरूले यो दिवसलाई विशेष रूपमा अपनाउँदै आइरहेका भन्दै यो अधिकार प्राप्ति र सशक्तिकरणको अभियान हो भन्नुभयो । । दिवसले एकताको सन्देश प्रवाह गरेर महिला हकहित र अधिकारलाई प्रत्याभूति दिलाउन योगदान दिँदै आएको उहाँले जनाउनुभयो ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा महिलाको स्तन क्यान्सरसम्बन्धी अभिमुखीकरण, यहाँ उत्पादित रैथाने बालीको परिकार बिक्री तथा प्रदर्शनी, स्वास्थ्य शिविर, ज्येष्ठ महिला सम्मान, प्रभातफेरी र्‍याली, सरसफाइ, हाजिरीजवाफ प्रतियोगिता र विभिन्न सांस्कृतिक नृत्यलगायत कार्यक्रम आयोजना गरिएको  घरपझोङ गाउँपालिकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सरिता थकालीले जानकारी दिनुभयो । रासस