९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालय डिनको कार्यकक्षमा तोडफोडप्रति अनेरास्ववियको निन्दा



अ+ अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका रेक्टर खड्ग केसी र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकर खनालको कार्यकक्षमा भएको तोडफोड प्रति अनेरास्ववियले निन्दा गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरी नेविसंघबाट निर्वाचित स्ववियु सदस्यसहितको समूहले गराइएको सो आक्रमण शिक्षण संस्थानको गरिमा र लोकतान्त्रिक अभ्यासविरुद्धको गम्भीर आघात भएको उल्लेख गर्नुभएको छ ।

‘हिंसा र तोडफोड कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन, यस घटनामा संलग्न व्यक्तिहरूलाई कानुन अनुसार कारबाही हुनुपर्छ भन्ने जोडदार माग गर्दछु, साथै, नेविसंघको नेतृत्वलाई आग्रह गर्दछु— अराजक प्रवृत्तिमा संलग्न आफ्ना कार्यकर्तामाथि संगठनात्मक कारबाही गरी स्ववियु निर्वाचनको वातावरण स्वास्थ्य बनाउन अनुरोध गर्दछु’, सन्देशमा लेखिएको छ ।

शिक्षा प्रतिष्ठानभित्रको अशान्ति कुनै पनि विद्यार्थीलाई स्वीकार्य हुन नसक्ने अनेरास्ववियुले स्पष्ट पारेको छ । ‘स्वस्थ प्रतिस्पर्धा र लोकतान्त्रिक मूल्यमान्यताभित्र रहेर अघि बढौँ’, विज्ञप्तिमा लेखिएको छ ।