११ आश्विन २०८१, शुक्रबार
,
Latest
सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक छः गभर्नर अधिकारी जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक निकायमा भागबण्डाका आधारमा नियुक्ति नगर्न पूर्व प्रशासकहरुका यस्ता सुझाव



अ+ अ-

काठमाडौँ । विभिन्न संवैधानिक निकायमा खाली रहेका पदमा नियुक्ति गर्ने सम्वन्धमा मुलुकका प्रमुख नेताहरुबिच छलफल भई खाली पदहरु भागबण्डाको आधारमा पूर्ति गरिने सहमति भएको भन्ने विषयमा पूर्व प्रशासकहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले जसरी विभिन्न सार्वजनिक सञ्चार माध्यमहरुमा समाचार संप्रेषण भएका छन, तिनप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ भनेका छन् । खासमा उनीहरुले संबैधानिक निकायको भूमिका र यिनको प्रभावकारिता माथि चिन्ता लाग्न थालेको भन्दै सार्वजनिक रुपमा सुझाव दिँदै एक विज्ञिप्त पनि प्रकाशन गरेका छन् । 

उनीहरुले विभिन्न संबैधानिक निकायका पदाधिकारीहरू योग्यता, कार्यक्षमता र इमान्दारिताका आधारमा नियुक्ति नभई राजनीतिक आस्था र संलग्नताका आधारमा नियुक्त गरिने प्रथा शुरु गरिनाको कारणबाट संवैधानिक निकायको आवश्यकता र औचित्यमाथि नै प्रश्न उठ्ने गरेको बताएका छन् । यी निकायको गरिमा, महत्व र प्रभावकारितालाई कायम राख्दै योग्यताका आधारमा तथा राजनीतिक भागबन्डामा नभएर स्वतन्त्र र निश्पक्ष रुपमा पदाधिकारी नियुक्त गर्न उनीहरुले माग गरेका छन् । 

विज्ञप्तिमा विभिन्न संवैधानिक निकायमा खाली रहेका पदमा नियुक्ती सम्वन्धमा मुलुकका प्रमुख नेताहरु बीच छलफल भई खाली पदहरु भागबण्डाको आधारमा पूर्ति गरिने सहमती भएको भन्ने जसरी विभिन्न सार्वजनिक सञ्चार माध्यमहरुमा समाचार संप्रेषण भएका छन, तिनप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । साथै संबैधानिक निकायको भूमिका र यिनको प्रभावकारिता माथी चिन्ता लाग्न थालेको भनिएकाे छ । 

विभिन्न संबैधानिक निकायका पदाधिकारीहरू योग्यता, कार्यक्षमता र इमान्दारिताका आधारमा नियुक्ति नभई राजनीतिक आस्था र संलग्नताका आधारमा नियुक्त गरिने प्रथा शुरु गरिनाको कारणबाट संवैधानिक निकायको आबश्यकता र औचित्यमाथि प्रश्न उठने गरेको सबैमा बिदित नै छ भन्दै विज्ञप्तिमा संबैधानिक निकाय स्वतन्त्र र निश्पक्ष हुनु पर्नेमा कसैको दुई मत हुन सक्तैन । यिनलाई सरकार  र राजनीतिक दलहरुको छाँया बन्न  नदिन नागरिक सजग हुन अत्यन्त आवश्यक भई सकेको छ । साथै भाग बण्डाको आधारमा नियुक्ति मान्य छैन भन्ने आवाज शसक्त  रुपमा उठाउन ढिलो गरिन हुन्न भन्नेमा हामी विश्वस्त भएका छौँ भनिएकाे छ ।

विज्ञप्तिमा अगाडि भनिएकाे छ, संबैधानिक निकायको पवित्रता कायम गर्न, यिनको शाख बढाउन तथा सत्तासिन दल लगायत अन्य राजनीतिक दलका छायाँ बन्नबाट यी निकायलाई जोगाइनु पर्दछ भन्नेमा हामी विश्वस्त छौं । संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति सँग जोडिने सबैलाई राजनीतिक आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर स्वतन्त्र, निष्पक्ष र इमान्दारीपूर्वक योग्य ब्यक्तिको छनोट तथा सिफारिसको सहज र अनुकूल वातावरण सिर्जना गर्नको लागि हामी आग्रह गर्दछौं । समग्रमा,  इमान्दारीता, कुशलता, दक्षता, प्राज्ञिक सक्षमता, नेतृत्वदायी कौशलता र सदाचार जस्ता  मापदण्डको कसीमा उत्रिएका ब्यक्तिहरुमात्र संबैधानिक निकयमा नियुक्त गरिनु पर्दछ भन्ने आवाज उठाउँदै, यस प्रति सम्वन्धित सबैको ध्यान आर्कषण गराउन चाहान्छौं । साथै यस आवाजलाई  सर्मथन जनाउनुहुने सवैले आआफ्नो ठाउँबाट खबरदारी गर्न पनि हामी आग्रह गर्दछौँ  ।     

अपिलकर्ताहरु

१. वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल
२. पूर्व सचिव श्याम प्रसाद अधिकारी
३. पूर्ब सचिव भरतबहादुर थापा
४. चिनिया बस्नेत, महाराजगञ्ज
५.पूर्ब एआइजी डा.ठाकुरमोहन श्रेष्ठ
६. पूर्ब एआइजी. डा गोविन्दप्रसाद थापा
७. पूर्ब एआइजी अनन्तराम भट्टराई
८. पूर्ब एआइजी रविराज थापा
९. बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी
१०. बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने
११. व्यवस्थापन विज्ञ श्री कृष्ण देवकोटा
१२. पूर्व सहायक रथी श्री रामकृष्ण थापा
१३. पूर्व सहायक रथी डा प्रेमसिंह बस्न्यात 
१४. द्वारिकानाथ ढुङ्गेल, बानेश्वर