सत्तारूढ नेकपाका दुइ अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही समयदेखि पार्टी र सरकारकाे नेतृत्वकाे विषयलाइ लिएर जारी मतभेद सुल्झाउन नेकपाका महासचिव विष्णु पाैडेलकाे संयाेकत्वमा गठित कार्यदलले दुबै अध्यक्षलाइ शनिबार प्रतिवेदन बुझाएकाे छ ।
प्रतिवेदनमा खासगरी प्रधानमन्त्री ओली पाँच वर्षकै लागि प्रधानमन्त्री रहने तथा प्रचण्डलाइ कार्यकारी अध्यक्ष दिन प्रस्ताव गरिएकाे छ । यही सेराेफेराेमा महासचिव एवं कार्यदलका संयाेजक पाैडेल के भन्नुहुन्छ ? सुनाैं ।