९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले मोरङ अधिवेशन: अध्यक्षमा अजम्बर राई निर्वाचित



अ+ अ-

विराटनगर। नेकपा (एमाले) मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् ।

कोशी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न १० औँ जिल्ला अधिवेशनबाट जिल्ला समन्वय समितिका अध्यक्ष समेत रहेका राई ४ सय ४६ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजकुमार ओझाले ४ सय ७ मत ल्याएर पराजित भएका छन्।

त्यस्तै, उपाध्यक्षमा सागर थापाले ४२२ मत सहित विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शान्तिकुमारी लिम्बूले ३९१ ल्याए सहित  पराजित भएकी छन् ।

सचिवमा सोमराज थापाले ४६२ मत सहित विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रविन थापाले १८० मत सहित थापासंग पराजित भएका छन् ।

उपसचिवमा सन्तोष वान्तवाले ४९० मत सहित विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी इर्जालाल राजवंशीले ३११ मत सहित वान्तवासंग पराजित भएका छन् ।

साथै उपसचिव महिला तर्फ शिल्पा कार्कीले ४१८ मत सहित विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उषा झाले २०४ मत ल्याएकी छन्।