२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले मोरङ अधिवेशन: अध्यक्षमा अजम्बर राई निर्वाचित



अ+ अ-

विराटनगर। नेकपा (एमाले) मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् ।

कोशी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न १० औँ जिल्ला अधिवेशनबाट जिल्ला समन्वय समितिका अध्यक्ष समेत रहेका राई ४ सय ४६ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजकुमार ओझाले ४ सय ७ मत ल्याएर पराजित भएका छन्।

त्यस्तै, उपाध्यक्षमा सागर थापाले ४२२ मत सहित विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शान्तिकुमारी लिम्बूले ३९१ ल्याए सहित  पराजित भएकी छन् ।

सचिवमा सोमराज थापाले ४६२ मत सहित विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रविन थापाले १८० मत सहित थापासंग पराजित भएका छन् ।

उपसचिवमा सन्तोष वान्तवाले ४९० मत सहित विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी इर्जालाल राजवंशीले ३११ मत सहित वान्तवासंग पराजित भएका छन् ।

साथै उपसचिव महिला तर्फ शिल्पा कार्कीले ४१८ मत सहित विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उषा झाले २०४ मत ल्याएकी छन्।