४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनियर राष्ट्रिय कराते सुरु



अ+ अ-

काठमाडौं। पाको–नेपाल क्योकुसिन कराते संघको आयोजनामा दोश्रो जुनियर राष्ट्रिय कराते प्रतियोगिता सिनामगंगलस्थित अन्नपूर्ण विनायक स्कुलमा शुक्रबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेशबाट २ सय ८५ खेलाडीको सहभागिता रहेको आयोजक संघकी ब्रान्च चिफ सन्जु महर्जनले जनाएकी छन् ।

टिममा शीर्ष चार स्थानमा रहनेले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । पुरुष÷महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

उद्घाटनका अवसरमा कार्यकारी समितिकी सदस्य श्रेष्ठ र राखेपका सदस्य जगतसिंह धामीलाई सम्मान गरिएको थियो । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।