१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक मनाङेलाई २० प्रतिशत कैद सजाय छुट दिन अदालतको आदेश



अ+ अ-

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले राजीव गुरूङ उर्फ ‘दीपक मनाङे’को कैद सजायमा २० प्रतिशत छुट दिन आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएको हो ।

मनाङेले फागुन १२ गते मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुटका लागि अदालतमा निवेदन दिएका थिए । सोही निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश भएको हो ।

गत कात्तिक २० मा सर्वोच्च अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । कात्तिक २७ गते मनाङे अदालतमा उपस्थित भएका थिए ।

उनीमाथि अदालतले ५ वर्षको सजाय सुनाएको थियो । यसअघि नै उनले २ वर्ष ८ महिना जेल जीवन बिताइसकेका कारण २ वर्ष ४ महिना जेल बस्नुपर्ने थियो । अदालतको आदेशसँगै त्यसमा उनले २० प्रतिशत छुट पाउने भएका छन् ।