६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर रगतको अभाव, सबैलाई मानिसको जीवन बचाउने कार्यमा सरिक हुन आह्वान



अ+ अ-

काठमाडौँ । रक्तसञ्चार केन्द्रले देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाले रक्तदान गरेर मानिसको जीवन बचाउने कार्यमा सरिक हुन आह्वान गरेको छ । कोरोना भाइरसविरुद्धको बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रमा अत्यन्तै न्यून सङ्ख्यामा रगत मौज्दात रहेको छ । केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठका अनुसार शनिबारका लागि बुक गरिएका क्याम्पहरू सबै स्थगित भएका छन् । बिहीबार ३२ जना दाताले केन्द्रमै आई रक्तदान गरेकाले ६४ पिन्ट रगत प्रदान गर्न सकिएको र ६१ जना रित्तो हात फर्किनुपरेको थियो । शुक्रबार २६ जनालाई फर्काउनुपरेको थियो ।

दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीका आफन्त केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका छन् । रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले पर्याप्त रगत आपूर्ति गर्न नसकिएको बताए । केन्द्रमात्र होइन धरान, विराटनगर, चितवनलगायतका स्थानमा पनि रगत अभाव भइरहेकोे नेपाल रेडक्रम सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । ती क्षेत्रका अधिकांश भागमा निषेधाज्ञा छ र वरिपरिका जिल्लाबाट पहिला जस्तो सहयोग हुनसक्ने परिस्थिति नरहेको जनाइएको छ । उता नेपालगञ्जमा भने तुलनात्मक सहज देखिएको छ ।

रगत नपाए भक्तपुर जानु भन्ने अभियान सञ्चालन गरेको भक्तपुर केन्द्रले विगतको लकडाउनमा पर्याप्त रक्त सङ्कलन गरे पनि विगत १३ दिनदेखि कुनै क्याम्प आयोजना नभएकाले त्यहाँ पनि अहिले रगतको स्टक समस्यामा परेको छ । स्थानीय प्रशासन र पालिकाको सहमति लिई शनिबार बिहान सुडालमा क्याम्प आयोजना गरिएको र त्यहाँ दुई महिला र २४ पुरुषले रक्तदान गरेका छन्। अर्को एक स्थानमा रक्तदान शिविर चलिरहेको शाखाका मन्त्री परशुराम पाण्डेले बताए।

रगतको माग भइरहेकाले रक्तदाता, सङ्घ संस्था र रेडक्रसका निकायले सानो समूहमा भए पनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन सके रगत आपूर्ति सहज हुने निर्देशक पौडेलले बताए । सुरक्षित तवरले रक्तदान गराउँदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य सङ्घले यसअघि नै स्पष्ट पारिसकेको छ । गोरखापत्र दैनिक