२१ भाद्र २०८३, आईतवार
,
Latest
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीद स्मारक ‘बी’ डिभिजन लिगको तयारी पूरा



अ+ अ-

काठमाडौँ । आगामी आईतवारदेखि शुरु हुने शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल २०८१ को तयारी पूरा भएको छ ।

कुल १४ क्लवले प्रतिष्पर्धा गर्ने नेपाली फुटबलको ‘बी’ डिभिजन लिग फागुन २५ देखि जेठ २५ गतेसम्म हुँदैछ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै लिगको तयारी पूरा भएको जानकारी दिएको हो । कुल ९३ दिनसम्म चल्ने यस लिगको सम्पूर्ण तयारीहरु पूरा भइसकेको एन्फाले जनाएको छ । फिफाको नियमअनुसार ९३ दिनसम्म लिग सञ्चालन हुनुपर्ने प्रावधान छ । तर क्लवहरूले ५० दिनमा नै लिग सकाउने प्रश्ताव गर्दै आएका छन् । यद्यपि त्यो प्रश्तावअनुरूप लिग गर्न नसकिने एन्फाका टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले बताए ।

कुल १४ वटा क्लव रानपोखरी कर्नर टिम (आरसिटी), श्री भगवती, टुसाल युथ, ब्रिगेड ब्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसवारी, नयाँबस्ती युथ, सरस्वती युथ, वीरगंज युनाइटेड, झापा फुटबल र प्लानिङ ब्वाइज युनाइटेडले यस संस्करणको ‘बी’ डिभिजन लिगमा प्रतिष्पर्धा गर्दैछन् । यहाँबाट दुई वटा टोली बढुवा र दुई टोली घटुवा हुनेछन् । सबै क्लवलाई १४ लाख ५० हजार तयारी खर्च दिने एन्फाले जनाएको छ । सिंगल राउन्ड रोबिनका सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको छ । कुल ९१ वटा खेलहरूमध्ये केही त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले उल्लेख गरेको छ ।

लिगको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडिएसीले पाइसकेको छ । एन्फाले एक करोड ९२ लाख रूपैयाँमा एमडिएएसी स्पोट्र्सलाई ए, बी र सी डिभिजन तीनै लिगका लागि टिकेटिङ र ब्रोडकास्टिङ अधिकार बेचेको हो । लिगको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ एक सय र भिआइपी पारापिटतर्फ तीन सय तय टिकट दर तय गरिएको छ । लिगको विजेता, उपविजेता तथा अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ । लिगको विजेताले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुने टोलीले पाँच लाख रूपैयाँ पाउनेछन् ।

फेयर प्ले टोली र उत्कृष्ट खेलाडीले एक लाख रूपैयाँ पाउने एन्फाले जनाएको छ । उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले ५० हजार रूपैयाँ पाउने भएका छन् । प्लेयर अफ द म्याचले सात हजार पाँच सय पाउनेछन् । हरेक खेलमा जितबापत २५ हजार र खेल बराबरी भएको खण्डमा दुवै टिमले १० हजार रुपैयाँ प्रदान गरिने एन्फाले उल्लेख गरेको छ । प्रतियोगिताको कुल बजेट तीन ९३ लाख एक हजार आठ सय ८१३ रहेको र त्यसमध्ये फिफाले अनुमानित दुई करोड अनुदान दिनेछ ।




भर्खरै