६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राजधानीमा आगामी साताबाट संक्रमण घट्ने विज्ञको दाबी

राजधानीमा आगामी साताबाट संक्रमण घट्ने विज्ञको दाबी
अ+ अ-

काठमाडौँ — देशका ४० भन्दा बढी जिल्लामा भएको निषेधाज्ञाले कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न सकारात्मक काम गरेको विज्ञहरूले दाबी गरेका छन् । काठमाडौं उपत्यकामा भने निषेधाज्ञाको सकारात्मक प्रभाव आगामी साताबाट देखिने उनीहरूको भनाइ छ । निषेधाज्ञाले सकारात्मक प्रभाव पारेको दाबी गर्दै स्वास्थ्य मन्त्रालयका अधिकारीले समेत राजधानीमा आउने साताबाट संक्रमितको संख्यामा कमी आउने बताए ।

‘निषेधाज्ञा सुरु भएको एक सातापछि यसको सकारात्मक परिणाम देखिन सुरु हुन्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले भने, ‘उपत्यकामा भने निषेधाज्ञाले संक्रमण विस्तारमा पारेको प्रभावबारे अबको ४–५ दिनपछि नै नतिजा देखिनेछ ।’ उनका अनुसार निषेधाज्ञाका बेला संक्रमित व्यक्ति घरमै रहने भएकाले संक्रमण विस्तारको कडी तोड्न सहज हुन्छ ।

उपत्यकामा शनिबार मात्रै देशभरिको दाँजोमा करिब एक तिहाइभन्दा बढी ९२१६ जना० मा संक्रमण पुष्टि भएको छ । देशभर यस दिन ६ सय ३४ जना संक्रमित थपिएका थिए । निषेधाज्ञाले संक्रमण विस्तारमा कमी भएको आकलन छ, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का निर्देशक एवं भाइरोलोजिस्ट डा।वासुदेव पाण्डेको पनि । ‘राजधानीमा अझै निषेधाज्ञापछिको अवस्था स्पष्ट हुन सकेको छैन,’ उनले भने, ‘तर उपत्यकाबाहिर पहिलेदेखि नै निषेधाज्ञाले गर्दा संक्रमण विस्तारमा कमी हुने संकेत मिलेको छ ।’

हाल काठमाडौं उपत्यकालगायत जनघनत्व बढी भएका सहरहरूमा सर्वसाधारणको चहलपहल र भीडभाडले कोरोना संक्रमण विस्तारमा सहयोग पुगेको विज्ञहरू बताउँछन् । उपत्यकामा करिब ४ हजार संक्रमित देखिए पनि वास्तविक संक्रमितको संख्या योभन्दा बढी रहेको डा।पाण्डेको अनुमान छ । डा।अधिकारीका अनुसार तीजको समयमा निषेधाज्ञा नभएको भए काठमाडौं कोरोनामय हुने सम्भावना अत्यधिक थियो । ‘कोरोना हटस्पट भएको ठाउँमा निषेधाज्ञा बाध्यता हो, तर यही मात्र समस्याको समाधान होइन,’ उनले भने, ‘राजधानीको हकमा भने हाल निषेधाज्ञाले कोरोना फैलिनबाट रोक्यो ।’

निषेधाज्ञाका कारण राजधानीबाहिर भने संक्रमित हुनेको संख्यामा केही कमी आएको छ । ‘पछिल्ला ५ दिनमा कोभिड पोजिटिभ केसको संख्या धेरै घट्यो । आज (शनिबार) २ सय १५ शंकास्पद केसको परीक्षण गर्दा ३ जनामा मात्र संक्रमण देखियो,’ राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा।रञ्जित झाले भने, ‘स्थानविशेषमा गरिने लकडाउन र निषेधाज्ञाको सप्तरी जिल्लामा सकारात्मक प्रभाव परेको छ ।’ उनले निषेधाज्ञाले संक्रमणको ‘चेन’ ९चक्र० तोड्न सघाएको बताए । भदौ १० पछि संक्रमित हुनेको संख्या घटेको देखिए मात्र निषेधाज्ञाले फाइदा गरेको यकिन भन्न सकिने वीरगन्जस्थित नारायणी अस्पतालका कन्सलटेन्ट फिजिसियन डा।नीरज सिंह बताउँछन् । ‘अस्पताल कोरोनाका बिरामीले अझै भरिएकै छ । निषेधाज्ञाले धेरै राम्रो भएको अहिल्यै भन्न सकिँदैन । पुरानै केसहरू नै आइरहेको छ,’ उनले भने ।

तयारीमा जुट्न निषेधाज्ञा मौका
विज्ञहरूले निषेधाज्ञाको मौकामा संक्रमण रोकथाम र बिरामीको उपचारका लागि तयारीमा जुट्नसमेत सुझाएका छन् । ‘कर्फ्यु, निषेधाज्ञा, लकडाउनले कोभिड–१९ संक्रमणको अन्त हुनेवाला छैन,’ ईडीसीडीका पूर्वनिर्देशक डा।बाबुराम मरासिनी भन्छन्, ‘यसका लागि संक्रमितको निर्बाध ओहोरदोहोर रोकिनुपर्छ, संक्रमितको द्रुतगतिमा पहिचान गरी आइसोलेसनमा राखेर उपचार गरेमा मात्र संक्रमण विस्तारमा कमी आउँछ ।’ उनले स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सबैले सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरेमात्रै कोरोनासँग जुध्न सहज हुने बताए । ‘हामीले हाम्रो असुरक्षित जीवनशैली र काम गर्ने पद्घतिमा परिवर्तन ल्याउनु जरुरी छ,’ उनले भने, ‘सरकार स्वास्थ्य मापदण्ड पालना नगर्नेमाथि कडा रूपमा प्रस्तुत हुनुपर्छ । स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउनेलाई दण्ड सजाय बढाउनुपर्छ ।’

निषेधाज्ञा संक्रमण विस्तार रोक्ने उपाय मात्र भएको उनको भनाइ छ । ‘निषेधाज्ञा खुला हुनासाथ मान्छे कुम जोडेर बस्छन् । एक मिटरको भौतिक दूरी पालना गर्दैनन् । मास्क लगाउनसमेत बिर्सन्छन्,’ उनले भने । मुलुकको सीमामा प्रवेश गर्ने जोसुकैलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने नियमलाई कडाइका साथ लागू गराउन उनले सरकारलाई सुझाव दिए । (कान्तिपुर दैनिकमा समााचार छ)