२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली सुर्खेत आउँदा सडक खाली गराइएपछि हर्न बजाएर विरोध



अ+ अ-

काठमाडौँ । सुर्खेतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सवारी चालकहरूले हर्न बजाएर विरोध गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री ओली सुर्खेत आउँदा सडक खाली गराएर दुस्ख दिने काम भएको भन्दै चालकहरूले विरोध जनाएका हुन् ।

प्रधानमन्त्री ओली आउँदा सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो । उक्त अवघिमा करिब २० मिनेट यातायात बन्द गरिनुको साथै बाटो हिँड्ने यात्रुलाई समेत कडाइ गरिएको थियो ।

प्रधानमन्त्री मध्यपश्चिम विश्वविद्यालयको कार्यक्रमको लागि सुर्खेत गएका हुन् । उनले कर्णाली प्रदेशसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।