२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेले प्रधानमन्त्री कप नखेल्ने



अ+ अ-

काठमाडौं । स्पिनर सन्दीप लामिछानेले एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट नखेल्ने भएका छन् ।

स्वास्थ्य अवस्थाका कारण उनले केहि समय मैदान बाहिर रहने निर्णय गरेका हुन् ।

माघ ९ गते सन्दीपले हर्नियाको शल्यक्रिया गराएका थिए । चिकित्सकले अझै केही दिन मैदानमा नफर्किन सुझाव दिएपछि सन्दीपले प्रधानमन्त्री कपबाट नाम निकालेका हुन् ।

बाग्मती प्रदेशले बिहिबार पृथु बास्कोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो । नियमित कप्तान सन्दीपले आफू खेल्न असमर्थता जनाएपछि बास्कोटालाई कप्तानी दिइएको हो ।

प्रधानमन्त्री कप फागुन २५ देखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशमा आयोजना हुँदैछ । यस प्रतियोगितामा ७ प्रादेशिक र ३ विभागीय गरी १० टोलीको सहभागिता छ ।