२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा नगरप्रहरीले कोटिहोमको भूमिपूजा रोक्न खोज्दा झडप



अ+ अ-

कास्की । पोखरा महानगरपालिकाले मानव सेवा फाउन्डेसनले आयोजना गरेको महायज्ञ रोक्न खोज्दा झडप भएको छ ।

शुक्रबार फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपूजा गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको हो ।

महानगरले अनुमति बेगर भूमिपूजा गर्न नदिने भन्दैे पूजा रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको थियो । सोही क्रममा विवाद हुँदा दुबै पक्षका केही घाइते भएका छन् ।

पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम गर्न नदिने अडान राखेको छ ।