१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।

आज सुन प्रतितोला पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार उक्त सुन प्रतितोला एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।