२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय फुटबलर सुनिल क्षेत्रीले सन्यास फिर्ता लिए



अ+ अ-

काठमाडौं । भारतीय फुटबलर सुनिल क्षेत्रीले सन्यास फिर्ता लिएका छन् ।

गत जेठमा सन्यासको घोषणा गरेका ४० वर्षीय क्षेत्रीले फेरि भारतीय टिमबाट खेल्ने भएका हुन् ।

क्षेत्रीले पछिल्लोपटक भारतका लागि गत जुन ६ मा कुवेतविरुद्ध खेलेका थिए । भारतको सिनियर टोलीबाट १५० खेल खेलेका उनले कुल ९४ गोल गरेका छन् ।

१२ जुन २००५ मा भारतका लागि डेब्यु गरेका उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा चौथो नम्बरमा रहेका छन् ।

सन्यास फिर्ता लिएसँगै क्षेत्री मार्चमा फिफा विन्डोका दौरान हुने खेलका लागि भारतीय टोलीमा पनि परेका छन् । भारतले एएफसी एसियन कपको छनोट प्रतियोगीताअन्तरेगत मार्च २५ तारेखमा बंगलादेशविरुद्ध खेल्दैछ ।