२९ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त प्रधानन्यायाधीश शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको भन्दै बार अध्यक्ष मिश्रको आपत्ति झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम मन्त्री बादी र युएनएफपीए प्रतिनिधिबीच भेटवार्ता, महिला तथा सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्य गर्ने प्रतिबद्धता कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौंः गृहमन्त्री गुरुङ एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव तातोपानी नाका २६ दिनदेखि ठप्प, चीनतर्फ र नेपालमा गरी २० अर्बभन्दा बढीको सामान रोकियो जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय फुटबलर सुनिल क्षेत्रीले सन्यास फिर्ता लिए



अ+ अ-

काठमाडौं । भारतीय फुटबलर सुनिल क्षेत्रीले सन्यास फिर्ता लिएका छन् ।

गत जेठमा सन्यासको घोषणा गरेका ४० वर्षीय क्षेत्रीले फेरि भारतीय टिमबाट खेल्ने भएका हुन् ।

क्षेत्रीले पछिल्लोपटक भारतका लागि गत जुन ६ मा कुवेतविरुद्ध खेलेका थिए । भारतको सिनियर टोलीबाट १५० खेल खेलेका उनले कुल ९४ गोल गरेका छन् ।

१२ जुन २००५ मा भारतका लागि डेब्यु गरेका उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा चौथो नम्बरमा रहेका छन् ।

सन्यास फिर्ता लिएसँगै क्षेत्री मार्चमा फिफा विन्डोका दौरान हुने खेलका लागि भारतीय टोलीमा पनि परेका छन् । भारतले एएफसी एसियन कपको छनोट प्रतियोगीताअन्तरेगत मार्च २५ तारेखमा बंगलादेशविरुद्ध खेल्दैछ ।