२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिंकुकुमारी मृत्यु प्रकरणः घटना सामसुम पार्न पञ्चायत गर्ने वडा सदस्यसहित चारजना पक्राउ



अ+ अ-

जनकपुरधाम । रिंकुकुमारी सदायको मृत्यु प्रकरणमा घटना सामसुम पार्न पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ परका छन् ।

सिरहा प्रहरीले वडा सदस्य नथुनी साह, राम कृपाल मण्डल, विन्देश्वर साह र नाम नखुलेका एक जनालाई पक्राउ गरेको हो ।

३० माघमा नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टापछि रोइरहेको अवस्थामा फेला परेकी थिइन् । अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् ।

आफूमाथि बलात्कार भएको बताएकी रिंकु ३० माघको राति ७ः२० बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । मृत्युअघि उनले आफूमाथि छिमेकी रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरी सामूहिक बलात्कार गरेको बताएकी थिईन् ।

उक्त घटना दबाउन वडा सदस्य साहसहितका व्यक्तिहरू गाउँमै पञ्चायत बसेर पीडित परिवारलाई दबाब दिएका थिए ।

पीडित परिवारले सामूहिक बलात्कारका तीन आरोपी र पञ्चायतमा घटना दबाउन भूमिका खेलेका पाँच पञ्च गरी आठ जनामाथि जबरजस्ती करणी, अपहरण, हत्या र लेनदेन शीर्षकमा जाहेरी दिएको थियो । घटनाका मुख्य आरोपी रुपेश मण्डललाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडी बढाएको छ भने उजुरी परेका तीनजना अझै फरार छन् ।