२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
२०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने



अ+ अ-

लुम्बिनी। बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ । पाँच सय जनाको कुलपुत्र प्रवज्या, चौथौ त्रिपिटक वाचन चलिरहेको बेला शनिबार राति लुम्बिनीस्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिने भएको हो ।

धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना कुलपुत्रहरुको सहभागितामा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखिएको हो । धम्मकायका अध्यक्ष भिन्ते फ्रा थाभोर्न थाभ्राले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्जवलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने बताए ।

उहाँले गत वर्ष पनि दीप प्रज्वलन गरिएको उल्लेख गर्दै आगामी वर्ष यसलाई अन्तरराष्ट्रियस्तरको बनाउने योजना रहेको बताउनुभयो । दीप प्रज्वलनमा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिका सहित विभिन्न देशबाट आएका पाहुनाको सहभागिता रहने जनाइएको छ ।

बौद्धमार्गीहरुमा दीप प्रज्वलनको निकै महत्व रहेकाले दीप प्रज्वलनले सकारात्मक सन्देश जाने लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताउनुभयो । उहाँले बौद्ध शिक्षालाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताउनुभयो ।

धम्मकायले दीप प्रज्वलनसँगै धम्मयात्राका लागि विशेष तयारी गरेको छ । अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घ, लुम्बिनी विकास कोषको आयोजना तथा बौद्ध समाज नेपाल सहआयोजनामा आगामी चैत २ गते शनिबार भैरहवामा बुद्धको अस्तिधातुसहितको धम्मयात्रा गर्ने हुनेभएको हो । धम्मयात्रामा लुम्बिनीमा भइरहेको पाँच सय जना प्रवजित अल्पकालीन भिक्षुहरु, भन्तेहरु सहभागी हुनेछन् । भैरहवाको रङ्गशालादेखि बुद्धचौकको लुम्बिनीगेटसम्म धम्मयात्रा हुनेछ ।

यस्तै सोही दिन बिहान देवदह, बुटवल, रामग्राममा धम्मयात्रा हुनेछ । चैत ३ गते प्रमाणपत्र वितरण, चैत ४ र ५ गते विभिन्न नगरमा भिक्षाटन गराइने आयोजकले जनाएका छन् । लुम्बिनीमा अहिले पाँच सय जनाको प्रवज्या र चौथो अन्तरराष्ट्रिय त्रिपिटक वाचन भइरहेको छ । मायादेवी मन्दिर परिसरमा २० गते उनीहश्रलाई चिवर प्रदान गरी प्रवजित गराइएको हो भने बुधबार मात्रै त्रिपिटक पाठ समारोहको शुभारम्भ गरिएको हो ।रासस