२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : महासचिव पोखरेल



नेकपा एमाले बागलुङले आयोजना गरेको वडा केन्द्रित पार्टी निर्माण अभियान-२०८१ अन्तरगत बिहीबार आयोजित जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासचिव शङ्कर पोखरेल । तस्बिर: खेमराज गौतम / रासस
अ+ अ-

बागलुङ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थिर सरकार बने मात्रै राजनीतिक स्थायित्व हासिल गर्न सकिने बताउनुभएको छ । अस्थिरताको दुश्चक्रबाट नेपाललाई बाहिर ल्याउन एमालेले सङ्कल्प गरेको उहाँले उल्लेख गर्नुभयो ।

नेकपा (एमाले)ले अघि सारेको वडाकेन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत आज बागलुङ जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पटक पटक गठबन्धन र सरकार फेरिँदा देशमा अस्थिरता आएको बताउनुभयो । अवसरवाद र सौदाबाजीका कारण देशमा सरकार टिक्न नसकेको उहाँको भनाइ थियो ।

महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) को दोष एमाले र कांग्रसले लिन नसक्ने बताउनुभयो । अहिलेको गठबन्धनले स्वार्थका लागि सरकार चलाउने परिपाटीको अन्त्य गरेको उहाँको भनाइ थियो । राजनीतिक स्थिरताका लागि ठूला दल एक हुनुको विकल्प नभएको उहाँले बताउनुभयो ।

जिल्लास्तरिय अभिमुखीकरण कार्यक्रमपछि पार्टी गतिविधि र सङ्गठन सुदृढीकरणलाई वडा हुँदै टोल तहमै पुु¥याइने एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले जानकारी दिनुभयो । रासस