१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारको चुनावमा पनि सत्ता र प्रतिपक्षबीच गठबन्धन



अ+ अ-

काठमाडौँ । कानुन व्यवसायीको संगठन नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदै छ ।

दलनिकट कानुन व्यवसायीहरू प्यानल बनाएर चुनावमा होमिँदै छन् । यसैबीच, सत्तारुढ दल कांग्रेस र एमालेनिकट कानुन व्यवसायीहरू गठबन्धन गरी चुनावमा जाने भएका छन् ।

अध्यक्षमा नेपाली कांग्रेसनिकट डीएलए बारका पूर्वमहासचिव विजयप्रसाद मिश्र र महासचिवमा एमालेनिकट पीपीएलएका केदार कोइराला उम्मेदवार बन्ने भएका छन् । बाँकी उम्मेदवारको पनि भागवण्डा गरिने छ ।

कांग्रेस र एमालेले गठबन्धन गर्दा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र राप्रपालगायतका विपक्षी दलहरू पनि एकजुट भएका छन् । माओवादी केन्द्रनिकट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ अध्यक्षको उम्मेदवार बन्ने भएका छन् ।

उपाध्यक्षका उम्मेदवार नेकपा एसबाट बन्ने बताइएको छ । यस्तै, महासचिवमा रास्वपानिकट यज्ञमणि न्यौपाने उम्मेदवार बनेका छन् । आगामी २३ चैतमा २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ ।

यसअगाडि भएको चुनावमा कांग्रेस र माओवादी केन्द्रबीच भएको गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।