१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

‘एमसीसी र युएसएड रोकिँदा अर्थतन्त्रमा वार्षिक २० अर्बले असर पर्छ’

‘एमसीसी र युएसएड रोकिँदा अर्थतन्त्रमा वार्षिक २० अर्बले असर पर्छ’
photo: rss
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको शुन्य समयमा राष्ट्रिय सभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राखेका छन् ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुले आफ्ना धारणा राखेका हुन् । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले रुकुम (पश्चिम) मा रहेको दुई वटा विमानस्थल बन्द रहेकाले यथाशिघ्र सञ्चालनका लागि सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘रुकुम पश्चिममा दुई वटा विमानस्थल छ, एउटा सदरमुकाम रहेको सल्य विमानस्थल र अर्को पश्चिममा रहेको चौरजारी विमानस्थल । आज दुवै विमानस्थल उडान भएको छैन । सदरमुकामको विमानस्थल २०८१ पुस २ गतेदेखि सञ्चालन भएको छैन । यथाशिघ्र सञ्चालनका गर्नका लागि नेपाल सरकारका सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले अमेरिकी अन्तर्राष्ट्रिय सहायता सम्बन्धी युएसएड र एमसीसी बन्दा हुँदा अर्थतन्त्रमा वार्षिक २० अर्ब प्रभाव परेको बताउनु भयो । उहाँले यसबाट पर्ने असरको व्यवस्थापनका लागि सरकारले कसरी काम गर्दैछ भन्ने बारे सदनमा जानकारी गराउन सरकारको ध्यानकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘अमेरिकी अन्तर्राष्ट्रिय सहायता सम्बन्धी युएसएड र एमसीसी बन्द भएको छ । नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थामार्फत नेपालमा प्रदान गरिदै आएका सहायताहरुले नेपालका अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरिने कृत्रिम हातखुट्टाहरु, बालबालिका तथा विद्यार्थीलाई दिएको शिक्षा लगायतका विभिन्न क्षेत्रहरुमा कस्तो प्रभाव परेको छ । ६ हजार भन्दा बढी रोजगारी गुमेको छ । वार्षिक २० अर्ब अर्थतन्त्रमा प्रभाव परेको छ यो सन्दर्भमा के प्रभाव पारेको छ भनेर सरकारले अध्ययन गरोस् र सदनमा जानकारी बनायोस् ।’
राष्ट्रिय सभा सदस्य पूजा चौधरी सिरहामा रिङ्कु सदाको बलात्कारपछि भएको हत्यामा संलग्न हत्यारालाई समात्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘छोरी भएकै कारण कहिले ममता काफ्ले, कहिले प्रकृति लम्साल त कहिले रिङ्कु सदा । के छोरी भएर जन्मिनु पाप हो रु मधेस प्रदेश सिरहा नवराजपुर गाउँपलिका भगवति टोल निवासी रिङ्कु सदाको बलात्कारपछि आफैँमा पीडादायी छ । २६ दिन बितिसक्दा पनि उनको हत्यारा फरार रहेको र राज्यले पनि क्षतिपूर्ति उपलब्ध नगराएको अवस्थामा छिटोभन्दा छिटो क्षतिपूर्ति उपलब्ध र अपराधिलाई समान्त अनुरोध गर्दछु ।’

राष्ट्रिय सभा सदस्य विष्णुदेवि पुडासैनीले शिक्षा विधेयक छिटो पास गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले संविधान बनेको १० वर्षमा सबै पार्टीहरु सरकारको सञ्चालनमा पुगेपनि शिक्षा विधेयक नबन्नु सबै सरकारको कमजोरी भएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले विद्यालयका शिक्षक शिक्षिका आन्दोलनमा हुनुहुन्छ उहाँहरुको माग त्यति ठूलो पनि छैन । मात्रै शिक्षा विधेयक चाँडै पास गरियोस् भन्ने उहाँहरुको कुरा जायज पनि छ । संविधान बनेको १० वर्षमा सबै पार्टीका नेताहरुले सरकार बनाउनुभयो, देश चलाउनुभयो तर शिक्षा विधेयक अहिलेसम्म नबन्नुमा सबै सरकारहरुको कमजोरी हो त्यसैले सामुदायिक विद्यालयहरुको शिक्षक शिक्षिकाहरुको समस्या समाधानका लागि छिटो भन्दा छिटो शिक्षा विधेयक पास होस् भनी सरकारको ध्यानाकर्षण गराउँछु ।’

शुन्य समयमा सदस्यहरुले आफ्ना जिल्लामा अवरुद्ध विकास निर्माण तथा उद्योग व्यवसाय सुचारु गराउन सरकारको ध्यानाकर्षण राएका थिए ।