५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरआवासीय नेपाली नागरिकको सुरक्षाको लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न माओवादी केन्द्रको माग



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले गैरआवासीय नेपाली नागरिकको सुरक्षाका लागि अन्तर्राष्ट्रिय सेल गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पौडेलले यस्तो माग गर्नुभएको हो ।

उहाँले अमेरिकाले गैरआवासीय नेपाली नागरिकलाई हत्कडी र नेल लगाएर अन्तर्राष्ट्रिय मानवअधिकारको मूल्य,मान्यताविरित निकाला गरिरहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले आवासमा रहेका नागरिकहरुको सुरक्षामाथि सरकार गम्भिर हुन जरुरी रहेको बताउनु भयो । उहाँले अमेरिका, जापान, कोरिया लगायतका मुलुकबाट नेपाली नागरिक डिर्पोट भइरहेको उल्लेख गर्दै उनीहरुको सहज स्वदेश फिर्तीको लागि पहलकदमी अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘अमेरिकाबाट भर्खरै १० जना र केही समयअघि २५ जना नेपाली नागरिक निकै अपमानित तरिकाले हातमा हत्कडी, नेल र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्य,मान्यता विपरित नेपालीहरुलाई फिर्ता गरिएको छ । दुवैबाट दुई हजार पाँच सय, जापान, दक्षिण कोरिया, अजरबैजान लगायतका देशहरुबाट नेपालीहरु डिर्पोट भएर फिर्ता आउने क्रम रहेको छ । एक तिहाई जनसंख्या विदेशमा छ । विदेशमा रहेका नेपालीहरुको सुरक्षा गर्नको लागि र उनीहरुलाई सहजतापूर्वक नेपाल फिर्ता गर्नको लागि नेपाल सरकारले परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय प्रकारको सेल गठन गरेर नेपालीहरुको सुरक्षाको निम्ति गम्भिर पहलकदमी लियोस् । ’

उहाँले गैरआवासीय नेपालीको सुरक्षाको लागि सरकार गम्भिर नभएको आरोप समेत लगाउनु भयो ।