२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेश गर्छौंः सभापति सिंह



अ+ अ-

काठमाडौँ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक अबको दुई हप्ताभित्रमा सदनमा पेश गर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित ‘नेपालमा प्रभावकारी सुशासनका लागि एकीकृत नदी वेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशालामा बोल्दै सभापति सिंहले यस्तो बताउनुभएको हो ।

उहाँले विधेयकमा मोटामोटी सहमति भइसकेपनि केही कुरामा सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै अबको दुई हप्ताभित्र सदनमा पेश गर्ने बताउनु भयो । उहाँले उर्जा विधेयकलाई समेत शेयरधनी नेपालीको हक र हित हुनेगरी ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अहिलेका शासकहरुले पानीको महत्व नबुझेको कारण मानवनिर्मित तालतलैयाहरु सुक्दै गएको बताउनु भयो । मानव निर्मित तालहरुको पानी सुख्खायाममा जहाँपनि प्रयोग गर्दा सजिलो हुने भएपनि त्यसतर्फ सरकारले ध्यान नदिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जलस्रोत विधेयक र उर्जा विधेयक पूर्वाधार विकास समितिमा आएको छ । पहिला उर्जा विधेयक आयो त्यसपछि जलस्रोत विधेयक आयो । जलस्रोत विधेयकमा हामी दुईचार वटा कुराहरुमा हामी अड्किएका छौं । तर केही समयमा हामी आपसमा छलफल गरेर सबैको सल्लाह सुझावलाई लिएर छिटोभन्दा छिटो अगाडि बढाउन गइराखेका छौं । सदनमो पेस गर्न गइरहेका छौं । त्यो विधेयक हामीले यस्तो बनाउनुपर्छ जुन विधेयक राष्ट्रहित होस् । जुन विधेयक जनहित होस् । यस विधेयकले शेयर लिएका नेपाली जनताको हक र हितमा होस् भन्ने कारणले र सेक्टरमा भएका साथिहरु र विज्ञहरुसँग पनि गहिरो डिसकसन गरेपछि मात्र हामी अगाडि बढ्नको लागि तयार हुन्छौं । अब जलस्रोत विधेयक सदनमा पेस गर्न दुई हप्ता पनि लाग्दैन । अहिलेका शासकहरुले पानीको महत्व बुझेका छैनन् । उपत्यकामा पनि मान्छेबाट निर्मित ताल तलैयाहरु सयौं हजारौंको संख्यामा थियो । मान्छेले त्यो निर्मित गर्दाखेरि मान्छेले रोजगारी पाउँथ्यो । त्यो पानी ड्राइ सिजनको बेला जहाँ पनि प्रयोग गर्न सकिन्थ्यो । तर त्यो सबै विनाश भएर गयो ।’

सभापति सिंहले जंगल मासिँदै गएपनि पानीका स्रोतहरु समेत सुक्दै गएको कारण वन जंगलको संरक्षणमा सबैले जिम्मेवार हुन आवश्यक रहेको बताउनु भयो ।