१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेश गर्छौंः सभापति सिंह

जलस्रोत विधेयक दुई हप्ताभित्र सदनमा पेश गर्छौंः सभापति सिंह
अ अ+ अ-

काठमाडौँ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक अबको दुई हप्ताभित्रमा सदनमा पेश गर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित ‘नेपालमा प्रभावकारी सुशासनका लागि एकीकृत नदी वेसिन योजना र व्यवस्थापन’ विषयक कार्यशालामा बोल्दै सभापति सिंहले यस्तो बताउनुभएको हो ।

उहाँले विधेयकमा मोटामोटी सहमति भइसकेपनि केही कुरामा सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै अबको दुई हप्ताभित्र सदनमा पेश गर्ने बताउनु भयो । उहाँले उर्जा विधेयकलाई समेत शेयरधनी नेपालीको हक र हित हुनेगरी ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अहिलेका शासकहरुले पानीको महत्व नबुझेको कारण मानवनिर्मित तालतलैयाहरु सुक्दै गएको बताउनु भयो । मानव निर्मित तालहरुको पानी सुख्खायाममा जहाँपनि प्रयोग गर्दा सजिलो हुने भएपनि त्यसतर्फ सरकारले ध्यान नदिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जलस्रोत विधेयक र उर्जा विधेयक पूर्वाधार विकास समितिमा आएको छ । पहिला उर्जा विधेयक आयो त्यसपछि जलस्रोत विधेयक आयो । जलस्रोत विधेयकमा हामी दुईचार वटा कुराहरुमा हामी अड्किएका छौं । तर केही समयमा हामी आपसमा छलफल गरेर सबैको सल्लाह सुझावलाई लिएर छिटोभन्दा छिटो अगाडि बढाउन गइराखेका छौं । सदनमो पेस गर्न गइरहेका छौं । त्यो विधेयक हामीले यस्तो बनाउनुपर्छ जुन विधेयक राष्ट्रहित होस् । जुन विधेयक जनहित होस् । यस विधेयकले शेयर लिएका नेपाली जनताको हक र हितमा होस् भन्ने कारणले र सेक्टरमा भएका साथिहरु र विज्ञहरुसँग पनि गहिरो डिसकसन गरेपछि मात्र हामी अगाडि बढ्नको लागि तयार हुन्छौं । अब जलस्रोत विधेयक सदनमा पेस गर्न दुई हप्ता पनि लाग्दैन । अहिलेका शासकहरुले पानीको महत्व बुझेका छैनन् । उपत्यकामा पनि मान्छेबाट निर्मित ताल तलैयाहरु सयौं हजारौंको संख्यामा थियो । मान्छेले त्यो निर्मित गर्दाखेरि मान्छेले रोजगारी पाउँथ्यो । त्यो पानी ड्राइ सिजनको बेला जहाँ पनि प्रयोग गर्न सकिन्थ्यो । तर त्यो सबै विनाश भएर गयो ।’

सभापति सिंहले जंगल मासिँदै गएपनि पानीका स्रोतहरु समेत सुक्दै गएको कारण वन जंगलको संरक्षणमा सबैले जिम्मेवार हुन आवश्यक रहेको बताउनु भयो ।