४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकल महिलाका छोरीलाई नगद सहयोग



अ+ अ-

कैलाली। गोदावरी नगरपालिकास्थित दुई विद्यालयमा अध्ययनरत एकल महिलाका छोरीलाई नगदसहित शैक्षिक सामग्री वितरण गरिएको छ ।

मानव अधिकारका लागि एकल महिला नामको गैरसरकारी संस्थाले यहाँस्थित नवज्योति र दुर्गा भवानी माध्यमिक विद्यालयमा अध्ययनरत ४० जना छात्रालाई सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष सुमन शर्माका अनुसार एकल महिलाका छोरीलाई नगद रु। १० हजार, शैक्षिक सामग्री बोक्ने झोला र शारीरिक गतिविधि एवं खेलकुदमा भाग लिँदा लगाउने पोशाक प्रदान गरिएको हो । संस्थाले भविष्यमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने जनाएको छ ।